कोइरालाकोे अभिव्यक्तिबारे तत्काल संसदमा जानकारी देऊ

२० फाल्गुन २०७०, मंगलवार ०६:३७ मा प्रकाशित

काठमाडौं, २० फागुन । सभामुख सुवासचन्द्र नेम्वाङले नेपाल र भारतबीचको बहुचर्चित टनकपुर सन्धि र टनकपुर भारतकै भूमि हो भन्ने विषयमा प्रधानमन्त्री सुशील कोइरालाको विवादास्पद अभिव्यक्तिबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको व्यवस्थापिका संसद् बैठकमा सभासद्ले चर्काे आपत्ति जनाएपछि सभामुख नेम्वाङले सो निर्देशन दिएका हुन् ।
संसद् बैठकमा प्रमुख प्रतिपक्षी एमाओवादीले प्रधानमन्त्रीले गत शुक्रबार नेपालगन्जमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको थियो । सोही आधारमा सभामुख नेम्वाङले सोबारे सदनलाई जानकारी गराउन निर्देशन दिएका हुन् । ‘टनकपुरको विषय संसद्मा प्रवेश पाएको छ, यो विषय संवेदनशील छ, यसबारेमा देश र जनताले जानकारी पाउनुपर्छ, यसबारेमा के भएको हो, तत्काल जानकारी दिन सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ सभामुुख नेम्वाङले भने ।
संसद् बैठकको सुरुमै विषेश समय माग गरी एमाओवादीका जनार्दन शर्माले टनकपुर सन्धिको बारेमा प्रधानमन्त्री कोइरालाले भनेको कुरा सदनलाई स्पष्ट गरियोस् भन्दै आफ्नो भनाइ राखेका थिए ।
नेपालको भू–भागमा टकनपुर बाँध रहेको यथार्थ भुलेर भारतको भूमि हो भन्ने प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे यथार्थता के हो ? सरकारले यसबारेमा स्पष्टीकरण दिनुपर्छ,’ शर्माले भने, ‘प्रधानमन्त्रीले यो कुरा भन्नुभएकै हो भने यसमा हाम्रो गम्भीर आपत्ति छ । उनले प्रधानमन्त्रीले त्यसरी बोल्न नपर्ने भन्दै सञ्चारमाध्यममा आएको कुरा पनि गलत भन्न नसकिने बताए । ‘त्यसरी बोलेको भए यसबारे हामीले आफ्नो धारणा अझ राख्ने छौं,’ शर्माले भने ।
राष्ट्रिय महŒवको विषय भएकाले यस्तोखाले अभिव्यक्ति बारेमा के हो भन्ने कुरा सरकारले प्रस्टीकरण दिनुपर्ने माग पनि उनको थियो । प्रधानमन्त्री सुशील कोइरालाले १६ फागुनमा आयोजित कांग्रेसनिकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन
(डीएलए) को नवौं महाधिवेशन तथा २३औं साधारण सभामा टनकपुर भारतकै भूमि भएको ठोकुवा गरेका थिए । प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा ‘०४८ सालको कुरा हो, भारतले सात मिटर तटबन्ध (एफलक्स बन्ड) बनायो । टनकपुर बेच्यो भनेर व्यापक विरोध गरियो तर टनकपुर भनेको भारतकै भूमि हो’ भन्ने अभिव्यक्ति दिएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि भारत भ्रमणका क्रममा टनकपुर सन्धि गरेका थिए ।
यसैगरी, नेम्वाङले आफ्नो छोराको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने मागसहित आमरण अनशनमा बसेका गोर्खाका नन्दप्रसाद र गंगामाया अधिकारीका बारेमा पनि सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । अघिल्लो बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले यस विषयमा सरकारको ध्यानाकर्षण गराए पनि त्यसबारे अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सभामुख नेम्वाङले सदनलाई जानकारी दिन भनेका हुन् । त्यसैगरी, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनको विषयमा यथार्थ स्थिति के हो ? भन्नेबारे पनि जानकारी गराउन सभामुख नेम्वाङले निर्देशन दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले अधिकारी दम्पती अनशनमा बसेको १ सय २९ दिन बितेको भन्दै यसबारे सरकारको धारणा मागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार