वैद्य पक्षीय युवाहरुको छुट्टै भेला, जनपरिचालनका कार्यक्रम ल्याउने तयारीमा

१२ बैशाख २०६९, मंगलवार १७:१८ मा प्रकाशित

काठमाडौ, १२ बैशाख । एकीकृत नेकपा माओवादीको वैद्य समूहले आफू निकटका युवाहरुको भेला आज बोलाएको छ । पार्टीको सस्थापन पक्ष विरुद्ध र आफ्नो लाइनको नीति अनुसार जनपरिचालनका विषयमा छलफल गर्न वैद्य समूहले भेला बोलाएको हो । भेलामा आयोग्य र स्वेच्छिक अवकास राजेको पूर्व लडाकू, वाईसीएलका कार्यकर्ता, क्रान्तिकारी विद्यार्थी संगठनका अगुवाहरु सहभागि हुनेछन् । देशभरीका सबै जिल्लाहरुबाट अगुवा युवा कार्यकर्तालाई भेलामा बोलाइएको छ । जनपक्षिय र जनपरिचालनका विषयमा युवा सहभागिताको छलफल गर्न भेला बोलाइएको वैद्य पक्षिय मानिने नेता हितमान शाक्यले सीआइएनलाई जानकारी दिनुभयो । स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको जनस्वयंसेवक परिचालन ब्युरोलाई सक्रिय गराउने विषयमा पनि छलफल हुनेछ । भेलालाई उच्चतहका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको