प्रहरी हिराशतमा बेहोस दुईको अवस्था चिन्ताजनक

१९ फाल्गुन २०७०, सोमबार १७:०८ मा प्रकाशित

इटहरी, १९ फागुन । सुनसरी जिल्लामा चोरीको आरोपमा पक्राउ परेका दुई जना युवकको अवस्था गम्भीर भएको छ ।
एकसाताअघि इटहरी नगरपालिका–२ र हाँसपोसा गाविस क्षेत्रमा विभिन्न स्थानमा चोरी गर्दै हिँडिरहेका तीन युवकलाई स्थानीयवासीले चोरीका सामानसहित यातना दिएका थिए । स्थानीयको कुटपिटबाट घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको थियो ।
इलाका प्रहरी कार्यालयको प्रहरी हिरासतमा नै बेहोस अवस्थामा पुगेका इटहरी–२ का भद्रा भनिने भरत आलेमगर र यज्ञबहादुर मगरलाई आइतबार राति नेपाल नाईं संघ सुनसरीका अध्यक्ष उमेश ठाकुरको सहयोगमा उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
अत्यन्तै गरिब समुदायका मगर दुवैको बेहोस अवस्थामा प्रतिष्ठानको आकस्मिक कक्षमा जीवन मरणको अवस्थामा उपचार भइरहेको छ ।
घरपरिवारमा खानसमेत समस्या भएका भरत र यज्ञ दुवै ती तीन युवकलाई सजाय दिइरहँदा दर्शकमात्र रहेको भन्दाभन्दै प्रहरीले दुबैलाई जबर्जस्ती पक्राउ गरी यातना दिएकै कारण उनीहरुको अवस्था गम्भीर स्थितिमा पुगेको बताइएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा.अजय यादवका अनुसार शय्याबाट दुवैलाई प्रहरीले आफन्तमार्फत ‘डिस्चार्ज’ गराउन दबाब दिइरहेको बताए ।
दुवै बिरामी मादक पदार्थका दुव्र्यसनी रहेको र उनीहरुले केही दिनदेखि मादक पदार्थ नपाएकै कारण यो अवस्थामा पुगेका जानकारी उनले दिए ।
चिकित्सक यादवका अनुसार उनीहरुलाई मेडिकल वार्डको शय्यामा एक हप्ताभन्दा बढी राखेर उपचार गराउन सके निको हुन सक्ने अवस्था छ ।
बेहोस अवस्थामा रहेका भरतकी श्रीमती अनिला मगरले आफ्नो श्रीमान्को उपचार गर्ने क्षमता नभएको भन्दै जसले पक्रेर यस्तो अवस्थामा पु¥यायो उसैले उपचार गरिदिनुपर्ने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार