साउदीबाट छ महिनासम्म पनि शव आएन

१९ फाल्गुन २०७०, सोमबार १७:०० मा प्रकाशित

प्युठान, १९ फागुन । साउदीमा मृत्यु भएका प्युठानका एक युवाको छ महिना बित्न लाग्दासमेत शव नेपाल ल्याउन सकिएको छैन ।
अर्खा–४ निवासी खिमे सुनार चन्द्रमा ओभरसिज काठमाडौंबाट चाइनिज कम्पनीमा कामका लागि गएका थिए । पैसा कमाउन भनी गएका ३२ वर्षीय सुनारको भदौ २२ गते मृत्यु भएको खबर घर परिवारले पाएका थिए ।
पैसा कमाउने रहरमा विदेश गएको छोरोको मृत्यु भएको खबरले चिन्तामा परेका परिवारको आँखा अझै ओभाएको छैन ।
तिजको अघिल्लो दिन मृत्यु भएको जानकारी पाएका उनीहरुले त्यसपछि दिन आँसु झारेरै बिताएका छन् । ‘धन कमाउन गएका श्रीमान्को पैसा त आएन नै’, उनकी श्रीमती अमृताले भनिन्, ‘मरेको लास पनि आज, भोलि आउलाभन्दा भन्दै छ महिना बित्नै लाग्यो ।’
सुनारको घरमा वृद्ध आमा र बुबासहित दुई छोरा र एक छोरी छन् । आर्थिकरुपमा विपन्न उनीहरुको परिवार मृत्यु भएका सुनारसँगै आश्रित थियो ।
सुनार सुरुमा २०६५ सालमा पहिलोपटक साउदी गएका थिए । त्यहाँ गएको दुई वर्षपछि ४५ दिनको बिदामा घर आएका उनीसँगको भेट नै सुनार परिवारको अन्तिम भेट बन्न पुग्यो ।
विदेश पठाउने म्यानपावरमा गई परिवारले सोधपुछ गर्दा बेवास्ता गरेको पीडित परिवारको दुःखेसो छ । छोरा मरेको पक्का भए पनि काजक्रिया गर्न नपाउँदा आफूहरु समस्यामा रहेको मृतकका बुबा ज्ञानबहादुरले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार