विवादित विषयमा दलहरू सहमति नजिक

१२ बैशाख २०६९, मंगलवार १७:१४ मा प्रकाशित

काठमाडौ, १२ बैशाख । संविधान लेखनका क्रममा देखिएका विवादित मुद्दामा सहमति खोज्न मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आज बिहान पूर्वतयारी बैठक बसेको छ । सेना समायोजन विशेष समितिको सचिवालय नयाबानेश्वरमा बिहान ९ बजेदेखि बसेको बैठकमा राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य पुनःसंरचना, न्यायप्रणालीलगायतका विषयमा शीर्ष तहमा छलफल भएको र त्यसलाई पूर्ण बैठकमा लैजाने गरी सबै विवादित विषयमा सहमति नजिक पुगिएको नेताहरुले बताएका छन् । बैठकमा शान्ति प्रक्रियाको मुख्य विषय सेना समायोजनमा सहमति हुन बाँकी रहेका विषयमा पनि छलफल भएको बताइएको छ ।
आजै बस्ने तीन दलको औपचारिक बैठकमा शीर्ष नेतृत्वले गरेका सहमतिलाई प्रस्तुत गरिने र अनुमोदन गराउन पहल गरिने समझदारी पनि भएको नेताहरूले जानकारी दिएका छन् । शीर्ष तहमा भएको सहमति बाहिर नजाओस् भन्ने उद्देश्यले
कुनै पनि नेताले बैठकमा भएका सहमतिका बारेमा औपचारिकरुपमा जानकारी दिएका छैनन् । बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा उपाध्यक्ष डा बाबुराम भट्टराई, नेपाली काङ्गे्रसका सभापति
सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल एवम् मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा गृहमन्त्री विजयकुमार गच्छदार सहभागी हुनुहुन्थ्यो ।
यसैबीच संविधान निर्माणमा देखिएका विवादबारे पार्टीको आधिकारिक धारणा बनाउन अहिले नेपाली काङ्ग्रेस संसदीय दल र केन्द्रीय सदस्यहरूबीच छलफल भइरहेको छ । यसैगरी नेकपा एमाले सभासद् र केन्द्रीय नेताहरूबीच पनि अलग्गै छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी