जनजाति महासङ्घको आज तराई बन्द

१२ बैशाख २०६९, मंगलवार १७:१३ मा प्रकाशित

काठमाडौ, १२ बैशाख । जातीय पहिचान सहितको सङ्घीयता र आदिवासी जनजातिको अधिकारको सुनिश्चिततासहितको संविधानको माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको एक दिने तराई बन्दले आज त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण झापादेखि कन्चनपुरसम्मका २० जिल्लामा यातायात, कलकारखाना, बजार तथा शैक्षिक संस्था ठप्प रहेको छ । बन्दका क्रममा प्रदर्शनकारी र प्रहरीबीच लहानको मुसहरीय बजारमा झडप भएको छ । प्रदर्शनकारीहरुमाथि सशस्त्र प्रहरीको टोलीले लाठी प्रहार गर्दा झडप भएको हो । झडपमा परि ९ जना जनजाति कार्यकर्ताहरु घाइते भएका छन् । यस्तै प्रदर्शनकारीहरुले बिभिन्न स्थानमा सवारी साधनहरुमा तोडफोड तथा आगजनी गरेका छन् । महेन्द्रनगरको सिसहीमा एउटा मोटरसाइकल, बर्दियाको गुलरीयामा दुईवटा मोटरसाईकल, सर्लाहीको हरिओन र उदयपुर, र लहानमा एक एक ओटा ट्रकमा आगजनी गरेका छन् । नवलपरासीको डण्डामा एउटा सरकारी गाडी र मोटरसाईकलमा प्रदर्शनकारीले आगजनी गरेका छन्

प्रदर्शनका क्रममा धनकुटाबाट ४, गाईघाटबाट ३, इटहरीबाट ८, दाङबाट ५, काकटभिट्टाबाट ३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा विराटनगर बसपार्कबाट जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष नागेन्द्र राजवंशी सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको महासंघले जनाएको छ ।
यसैबीच आदिवासी जनजातिहरुको अधिकार बहालीका लािग भएको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले व्यापक हस्तक्षेत गरेको भन्दै महासङ्घले घोर भत्र्सना गरेको छ । महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले विज्ञप्ति प्रकाशित गर्दै सरकारले जनजातिहरुलाई उत्तेजित बनाउन यस्तो दमन गरिएको आरोप लगाउदै यस्तो दमनबाट पछि नहट्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस