सामसुङ्गले एस–४ को मूल्य कम गर्‍यो

१९ फाल्गुन २०७०, सोमबार ११:२१ मा प्रकाशित

एजेन्सी


नयाँ दिल्ली, १९ फागुन । सामसुङ्गले स्मार्टफोन ग्यालेक्सीको एस–५ बजारमा ल्याए लगत्तै आफ्नो अर्को प्रोडक्टको मूल्य ह्वात्तै कम गरेको छ ।

सामसुङ्गले एक हप्ता अगाडि मात्रै एस–५ बजारमा ल्याएको हो । यद्यपि, स्माटफोन एस–४ सिरिजको मूल्यमा १६ हजार रुपियाँ घटाएको समाचारमा जनाईएको छ । यो अफर भारतीय बजारका उपभोक्तालाई मात्रै हो ।

स्मार्टफोन एस–४ को मूल्यमा १६ हजार रुपियाँ घटाए पछि त्यस्को मूल्य झण्डै चालीस हजार मात्रै भएको छ ।

सामसुङ्गको यो मोडल कम्पनीले भारतमा लञ्च गरेको थियो । अनलाईनबाट बुकिङ्ग गरिँदा एस–४ को माग पनि बढेको थियो ।

सामसुङ्गले एस–४ को मूल्य घटाएको समाचार सार्वजनिक भए पनि कम्पनीले आधिकारिक रुपमा आफ्नो धारणा केही भनेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा

आजको प्रमुख समाचार