अन्तरबैंक सेभेन ‘ए’ साइड फुटबल उपाधि नबिललाई

१९ फाल्गुन २०७०, सोमबार ०७:२५ मा प्रकाशित

पोखरा, १९ फागुन । पोखरामा आयोजित अन्तरबैंक सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि नबिल बैंकले हात पारेको छ । उपाधिसहित उसले खसी, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग-यो ।

पोखराको सहिदचोक स्थित अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा नबिलले कैलाश विकास बैंकलाई ३–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो । जितका लागि सुनिल लामाले २ र सुभाषविक्रम राणाले १ गोल गरेका थिए । उपविजेता कैलाशले बोकासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो ।
प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि सुभाषविक्रम राणाले हात पारे । हाई स्कोररको उपाधि कैलाशका राजीव बस्नेत (५ गोल) पाए । फाइनल खेलमा नविलका सुमित लामा म्यान अफ दी म्याच भए ।

विजेतालाई समापन समारोहका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, नेपाल पत्रकार महासंघ कास्की शाखाका नवनिर्वाचित अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल राष्ट्रबैंक पोखराका सहायक व्यवस्थापक वृहस्पति अधिकारी, आयोजक नेपाली आर्थिक मञ्च कास्कीका अध्यक्ष सुदीपराज ढुंगानाले पुरस्कार हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बैंकहरूबीच आपसी भाइचारा कायम गर्न यस्ता प्रतियोगिता सहयोगी हुने बताए ।

खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष रहेका पत्रकार महासंघका कास्कीका नवनिर्वाचित अध्यक्ष रामकृष्ण ज्ञवालीले आर्थिक क्रियाकलापका अलावा खेलको माध्यमले आपसी सम्बन्ध हुने बताए ।

समापनमा नेपाल राष्ट्र बैंक पोखराका सहायक व्यवस्थापक वृहस्पति अधिकारी, कैलाश विकास बैंक पोखरा प्रमुख बुद्धिराज बराल, नबिल बैंकका सहायक प्रबन्धक सूर्य रोकालगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले