धर्नासहित ज्ञापनपत्र बुझाउन गएका मुस्लिम अगुवा नियन्त्रणमा

१२ बैशाख २०६९, मंगलवार १७:१३ मा प्रकाशित

काठमाडौ, १२ बैशाख । नयाँ बन्ने संविधानमा आफ्ना माग समेटिनुपर्ने भन्दै आज जिल्ला प्रशासन कार्यालय, बबरमहलमा धर्ना दिएका मुस्लिम समुदायका अगुवासहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा रहेका मुस्लिम अगुवाहरु सदरुल मियाँ अन्सारी, मोहम्मद रिजवान अन्सारीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नयाँ संविधानमा मुलुकका आम मुस्लिम समुदायका माग समेट्नुपर्ने भन्दै शान्तिपूर्णरुपमा धर्नासहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रहरी हस्तक्षेप हुनु मुस्लिमप्रतिको दुव्र्यवहार भएको गठबन्धनका प्रचारप्रसार विभाग प्रमुख जुनैद अन्सारीले बताउनुभयो । प्रहरीले निषेधित क्षेत्रमा धर्ना दिएकाले धर्नाकारीलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उनीहरुलाई केही समयपछि छाडिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा