मोदी, केजरीवाल र राहुल सर्वाधिक ‘गुगल सर्च’ गरिएका राजनीतिज्ञ

१९ फाल्गुन २०७०, सोमबार ०५:५० मा प्रकाशित

एजेन्सी


नयाँ दिल्ली, १९ फागुन । भारतमा लोकसभाको निर्वाचन नजिकिँदै जाँदा त्यहाँका राजनीतिज्ञहरूका बारेमा अनलाइनमा व्यापक मात्रामा ‘सर्च’ भएका छन् ।
गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी, आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवाल र कंग्रेसका उपाध्यक्ष राहुल गान्धीलाई  अत्यधिक मात्रामा खोजी गरिएका राजनीतिज्ञ साबित भएको गुगलले जनाएको छ ।
गुगलले वर्गीकृत गरेको ० देखि १ सयबीचको संख्यामा मोदीले ६५ अंक प्राप्त गरेका छन् भने केजरीवाललाई ५२ मिलेको छ । उता, कंग्रेसका उपाध्यक्ष एवं युवानेता राहुल गान्धीको पक्षमा भने ४१ अंक मिलेको छ ।
यही वर्षको जनवरी महिनामा केजरीवाल ७२ अंक प्राप्त गरी गान्धीलाई (६४ अंक) उछिनेका थिए भने मोदीले ५६ अंक प्राप्त गरेको विश्वमै सबैभन्दा बढी खोजी गरिने गुगलले जनाएको थियो ।
‘विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा सन् २०१४ मा हुने लोकसभाको चुनावको तयारीमा होमिएको छ र गुगलमा खोजी गरिएका सर्वाधिक तीन व्यक्तिहरूमा क्रमशः मोदी, गान्धी र केजरीवाल रहेका छन्,’ गुगलले एक विज्ञप्तिमार्फत भनेको छ । सबैभन्दा रोचक पक्ष के हो भने प्रधानमन्त्रीका लागि मोदीको गुगल सर्च राहुल गान्धीका तुलनामा तीन गुणाले बढी भएको पाइयो । मोदी र गान्धीबीच द्वन्द्व नभएकाले पनि आगामी निर्वाचन निकै रोचक र महवपूर्ण देखिन्छ । त्यस्तै, केही साताअघि दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिएका केजरीवालप्रति पनि गुगलमा पाठकको छुट्टै खोजी भएको बताइन्छ ।
‘त्यसैगरी, उनीहरूको उमेरलाई लिएर पनि त्यत्तिकै सर्च भएको पाइयो । रोचक पक्ष के रह्यो भने राहुलको उमेरलाई सबैभन्दा बढी खोजी गरेको पाइयो । उनी युवानेता भएकाले पनि उनको उमेरको बारेमा सर्वसाधारणको चासो बढेको हो,’ अमेरिकामा रहेको सो कम्पनीले भनेको छ ।
गुगलका अनुसार भारतीय युवाहरूले राहुललाई बढी खोजी गरेके पाइयो भने उनीपछि उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई पाठकहरूले जान्न चाहेको देखियो । त्यस्तै, प्रियंका भद्रा, सचिन पाइलट, जोतिरादत्य र नभिन जिन्दललाई पनि क्रमशः सर्च भएको पाइएको छ ।
त्यसैगरी, केही थोरै प्रख्यात नेताहरू जस्तै सुप्रिया सुले, प्रिया दत्त, मिलिन्ड देओरालगायत गुगल सर्चको टप टेनभित्र पर्न सफल भएका छन् ।
पछिल्लो तीन महिनामा प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस अध्यक्ष सोनिया गान्धी, एनसीपी प्रमुख शरद पावर, बीजेपी नेता लालकृष्ण आणवानी, समाजवादीका प्रमुख मुलायम सिंह, आरजेडीका प्रमुख लालु यादवलगायतलाई पनि महवपूर्ण सर्च भएको गुगलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा

आजको प्रमुख समाचार