वृद्धाको पेटमा पाइयो ४४ वर्षको गर्भ

१९ फाल्गुन २०७०, सोमबार ०५:४८ मा प्रकाशित

एजेन्सी


रियो दि जेनेरियो, १९ फागुन । ब्राजिलियन चिकित्सकहरूले ८४ वर्षीया एक महिलाको गर्भमा ४४ वर्ष पुरानो शिशु फेला पारेका छन् । अनलाइन अखबार डेली मेलमा प्रकाशित समाचारअनुसार ब्राजिलको टोकनटिन्स राज्यमा बसोबास गर्ने यी महिलाको पेट अचानक दुख्न थालेपछि उनलाई अस्पताल लगिएको थियो ।
बढी उमेर भएका कारण चिकित्सकहरूले उनको साधारण उपचार थालेका थिए तर तीव्र दुखाइका कारण उनको एक्स रे गरियो । एक्स रे रिपोर्ट देखेपछि सबै चिकित्सकहरू अचम्मित भए ।
चिकित्सकहरूलाई सुरुमा लागेको थियो कि उनको गर्भाशयमा पत्थर छ जसलाई निकाल्न शल्यक्रिया गर्नुपर्छ । तर, पत्थरको आकार थाहा पाउन अल्ट्रासाउन्ड गराउँदा त्यो शिशु भएको खुल्यो ।
८४ वर्षीया महिलाको गर्भमा बच्चा देखिएपछि चिकित्सक हैरान भए । चिकित्सकले महिलासँग यस सम्बन्धमा सोध्दा उनले पुरानो कुरा सम्झिइन् ।
ती वृद्धाका अनुसार उनी करिब ४४ वर्षअघि गर्भवती भएकी थिइन् । त्यो बेला उनी बच्चा चाहँदिनथिन्, त्यसैले उनले गर्भपातको औषधि लिइन् । केही दिनपछि दुखाइ निको भएपछि उनले गर्भपात भएको ठानिन् । तर उनलाई थाहा थिएन कि बच्चा आजसम्म पनि उनको पेटमा छ तर जीवित छैन ।
चिकित्सकको जाँचबाट बच्चाको हात, पाउ र ढाडको हड्डी विकसित भइसकेको छ । २० देखि २८ साताको गर्भमा उसको मृत्यु भइसकेको थियो ।
पछि गर्भमाथि क्याल्सियमको तह जम्न थाल्यो र त्यो अहिले पत्थरजस्तै कडा बनेको छ । चिकित्सकहरूले यसलाई ‘स्टोन ब्वाई’ नाम दिएका छन् ।
यसको अध्ययनका लागि चिकित्कसले महिलालाई स्त्रीरोग विशेषज्ञ विभागमा स्थानान्तरण गरेका छन् र शल्यक्रियाको सिफारिस गरे । तर, ती वृद्धाले शल्यक्रिया गर्न मानिनन् । उनी मृत बच्चालाई आजीवन आङ्खनो पेटमा राख्न चाहन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी