नाम्चेमा केरा प्रतिकोसा २० र सुन्तला प्रतिदाना ३० रुपैयाँ

१९ फाल्गुन २०७०, सोमबार ०५:३२ मा प्रकाशित

सोलुखुम्बु, १९ फागुन । नाम्चे बजारमा लागेको साप्ताहिक हाटमा केरा प्रतिकोसा सरदर २० का दरले किनबेच भएको छ भने सुन्तला प्रतिदाना २५ रुपैयाँदेखि ३० रुपैयाँमा किनबेच भएको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिए ।
त्यस्तै, बन्दा काउली प्रतिकेजी १ सय ५० रुपैयाँ, गाजर प्रतिपाथी २ सय ५०, स्थानीय अन्डा प्रतिओटा ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यसैगरी, बजारमा भैंसीको मासु प्रतिधार्नी १ हजार ४ सय रुपैयाँ र सुँगुरको मासु प्रतिधार्नी १ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको बजार प्रतिनिधि बास्तोलाले जानकारी दिए ।
जाडो छल्न अन्यत्र गएका स्थानीय फर्कने क्रम तथा पर्यटकीय मौसम सुरु हुने समयमा सो क्षेत्रमा सामानको मूल्य केही बढ्ने गरेको छ । आइतबार नाम्चेको साप्ताहिक हाटमा कोदो प्रतिपाथी ५ सयमा खरिद बिक्री भएको थियो ।
त्यस्तै मक्खन चामल प्रति ३० केजीको ३ हजार ८ सय, मैदा ३ हजार ६ सय र चिनीप्रति केजी १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, पाउडर दूध केजीको ७ सय रुपैयाँमा बिक्री भएको थियो ।
आइतबार सामान्य हिउँ र वर्षासँगै चिसोका कारण नाम्चे बजारमा लाग्ने साप्ताहिक बजार प्रभावित भएको त्यहाँका व्यापारीहरूले बताएका छन् । हिलो तथा चिसोका कारण किनबेचमा समस्या भएको हो । यस्तै, आज सल्लेरीस्थित नयाँ बजारको साप्ताहिक हाट पनि वर्षा र चिसोका कारण प्रभावित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९