कालिञ्जोरका ९० वर्षका वृद्ध अझै पनि आफ्नै कमाईमा जीवन र परिवार चलाउदै

१२ बैशाख २०६९, मंगलवार १७:१२ मा प्रकाशित

सर्लाही, १२ बैशाख । सर्लाहीको कालिञ्जोर गाविस वडा नं. ८ चाकलटोलका मङ्गल ग्लान उमेरले ९० वर्ष पुगि सक्नुभएको छ । तर अझै पनि उहाँ आफ्नो काममा सक्रिय नै हुनुहुन्छ । ग्लानले आफ्नो पुरानो पेशा डोको बुन्ने काम गरेर आफ्नो
ज्यान मात्र होइन श्रीमतीको समेत पालनपोषण गरिरहनु भएको छ ।
२५ वर्षको उमेरदेखि बाँसको चोयाबाट डोकोलगायतका सामानहरु बनाउने पेशा गर्दै आउनुभएका ग्लानले अहिले पनि दिनमा तीन वटा डोको बुन्ने गरेको बताउनुहुन्छ । ३५ रुपैयाँ गोटामा बाँस किनेर त्यसबाट बन्ने तीन वटा डोको प्रतिगोटा ६० रुपैयाँमा बेच्ने गरेको र सय रुपैयाँ फाईदा लिने गरेको उहाँले जानकारी दिनुभयो ।
चार भाइ छोरा भएपनि तीन छोरा कामको सिलसिलामा बाहिर रहेका छन् भने गाउमा बस्ने साईंला छोरा पनि छुट्टै बस्ने भएकाले आफ्नै कमाइबाट जीवन चलाइरहेको उहाँले बताउनु भयो । कहिलकाहीं साह्रो–गाह्रो पर्दा भने साईंला छोराले हेरचाह गर्ने गरेको पनि उहाँले बताउनुभयो । एक धुर जमिन पनि नभएकाले ग्लानले ६५ वर्षदेखि डोको बुन्ने पेशाबाटै गुजारा चलाउदै आउनुभएको स्थानीय मनिष दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ । सत्ता

काठमाडौँ । लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी

काठमाडौँ । नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले