‘दुबै बामपन्थी दलमा लोकतान्त्रिक परिवर्तन अनिर्वाय छ’

१८ फाल्गुन २०७०, आईतवार १५:४५ मा प्रकाशित

दाङ, १८ फागुन । कांग्रेसका केन्द्रीय सदस्यहरुले एमाले र एमाओवादीमा परिवर्तन आवश्यक्त रहेको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज (आइतबार) तुल्सीपुरमा आयोजना गरेको साक्षत्कारमा कांग्रेस नेताहरुले नयाँ संविधान निर्माणका लागि एमाले र एमाओवादीहरुमा लोकतान्त्रिक परिवर्तन आवश्यक रहेको बताए ।
‘एक वर्षमा संविधान निर्माण गर्नका लागि एमाले र एमाओवादी सहमतिमा आउनु पर्छ,’ उनीहरुले भने, ‘दुबै बामपन्थी दलमा लोकतान्त्रिक परिवर्तन अनिर्वाय छ ।’
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले एक वर्षमा संविधान निर्माण गर्नका लागि एमाले पूर्ण रुपमा लोकतान्त्रिक हुनु पर्ने बताए । उनले एमाओवादीमा पनि यूू–टर्न आवश्यक रहेको बताए । ‘यदि एमाले र एमाओवादीमा परिवर्तन नभए एक वर्षमा सविधान निर्माण हुन सक्दैन,’ खाँडले भने ।
सबै दलहरुलाई सहमतिमा ल्याई नयाँ संविधान निर्माण गर्ने जिम्मेवारी ठूलो पार्टी कांग्रेसको काधमा आएको नेता खाँडले बताए ।
अर्का केन्द्रीय सदस्य दीपक गिरीले आफूहरुको पहिलो काम संविधान निर्माण रहेको दोह¥याए । ‘संविधान निर्माण सँगसँगै विकाश निर्माणले पनि गति लिन्छ,’ उनले भने ।
केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले आफूहरुको प्रमुख काम एक वर्ष भित्रमा मुलुकलाई लोकतान्त्रिक संबिधान दिनु भएको उल्लेख गरिन् । धेरै पछि कांग्रेसको नेतृत्वमा मुलुकले सरकार पाएको भन्दै उनले सरकारले जनताका जनजीविकाका सवालमा काम गर्नुपर्ने बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय