डुंगा दुर्घटनामा चारको मृत्यु/१८ बेपत्ता भएको आशंका

१८ फाल्गुन २०७०, आईतवार १२:४३ मा प्रकाशित

कैलाली, १८ फागुन । कैलालीको मध्यदक्षिणवर्ती लालबोझी–४, मोहना घाटमा डुंगा दुर्घटनामा परी मर्नेको संख्या चार पुगेको छ ।
दुर्घटनाग्रस्त डुंगामा सवार अन्य १८ जना बेपत्ता रहेको आशंका प्रहरीको छ । शनिबार साँझ डुंगा मोहना नदीमा डुबेको थियो ।
भारतीय क्षेत्र तिकुनिँया बेलुवाबाट हाट बजार भरेर घर फर्किरहेका यात्रु सवार रहेको डुंगा अचानक मोहना घाटमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा लालबोझी–४ का ४५ वर्षीया फूलमती कठरिया, वडा नम्बर ३ का ८ वर्षीय सन्दीप कठरिया, लालबोझीकै रहिस अलिकी नाम खुल्न नसकेकी डेढ वर्षीया नातिनी र हलौना थर भएकी एक मुस्लिम महिला रहेको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।
डुंगा भारतीय क्षेत्रमा अचानक डुब्न पुगेको लालबोझीका स्थानीय राजेन्द्र खनालले बताए ।
रातभरि वर्षा भएका कारण सुरक्षा निकाय र स्थानीयलाई उद्धार कार्यमा असहज भएको थियो । आइतबार बिहानदेखि भारतीय सीमा बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भजनी र स्थानीय बासिन्दा मोहना नदीको दुवै किनारामा दुर्घटनामा परेकाहरुको खोजी कार्य गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र