भन्सार छल्दै अवैध सामग्री भित्र्याउने क्रम बढ्दो

१८ फाल्गुन २०७०, आईतवार ०७:०३ मा प्रकाशित

नवलपरासी, १८ फागुन । नेपाल भारतको खुला सीमा नाकाका कारण नवलपरासीको नाका हुँदै भन्सार छलेर नेपाल सामग्री भित्र्याउने क्रम निकै बढेको छ । चालू आवको वर्षको पछिल्लो आठ महिनामा प्रहरीले बरामद गरेको सामग्रीको तथ्यांक हेर्ने हो भने पनि त्यो पुष्टि हुन्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले यस आर्थिक वर्षको पछिल्लो ८ महिनामा ७५ लाखभन्दा बढीको भन्सार छली गरी ल्याएको सामग्री बरामद गरी भन्सार चलान गरेको छ । अवैध बरामद हुने सामग्रीमा लत्ताकपडा, भाँडाकँडा, खाद्यान्न, चामल, दाल, सुपारीलगायत मुख्य रहेका छन् ।

प्रहरीले बरामद गरेको सामग्रीबाहेक पनि अन्य धेरै सामग्री भन्सार छलेर नेपाल भित्रने गरेको सीमा क्षेत्रमा रहेका बासिन्दा बताउँछन् ।

तस्करहरूले स्थानीय बासिन्दालाई थोरै रकम दिएर थोरैथोरै सामग्री घरायसी प्रयोजनका लागि भन्दै सीमा पार गराउने र गोदाममा राखेर रातारात ट्रकका ट्रक अवैध सामग्री गन्तव्यमा पुर्‍याउने गर्छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख विष्णुहरि गौतमका अनुसार पछिल्लो आठ महिनामा ७५ लाख ७३ हजार ३ सय ११ रुपैयाँको सामग्री भन्सार चलान गरिएको छ । यसअन्तर्गत सबैभन्दा बढी माघ महिनामा २९ लाख ४७ हजार ३ सय १० रुपैयाँ रहेको छ ।

त्यसैगरी, भन्सार छली गरेर ल्याएको १८ लाख ६३ हजार ६ सय ८० रुपैयाँबराबरको सामग्री भदौ महिनामा मात्रै बरामद भएको छ ।

गौतमका अनुसार साउन महिनामा ६ लाख १७ हजार ४ सय ९ रुपैयाँ, असोज महिनामा ९ लाख ७६ हजार ५ सय ७२ रुपैयाँ र कात्तिक महिनामा २ लाख ३५ हजार ९ सय रुपैयाँबराबरको भन्सार छली गरेर ल्याएको सामग्री बरामद भएको छ ।

त्यस्तै, कात्तिक महिनामा २ लाख ३५ हजार ९ सय रुपैयाँ, मंसिरमा १ लाख ४७ हजार ९ सय ४० रुपैयाँ, पुसमा १ लाख ८४ हजार ५ सय रुपैयाँ र फागुनमा ६ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको सामग्री प्रहरीले बरामद गरी भैरहवा भन्सार पठाएको छ ।

त्यसैगरी, शनिबार मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासीको विभिन्न स्थानबाट गरी करिब ८४ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको कपडा, हेन्डपाइपलगायत विभिन्न सामग्री शनिबार नवलपरासीको रामपुरवा–७ बाट बरामद गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९