जापानको नागोया शहरमा अनेसासको साहित्य यात्रा भव्यता पुर्वक सम्पन्न

१२ बैशाख २०६९, मंगलवार ०१:०८ मा प्रकाशित

प्रकाश पौडेल, जापान, १२ बैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले हरेक ३-३ महिनामा गर्दै आएको नियमित साहित्य शृंखला अन्तर्गतको साहित्य यात्रा आइतवार नागोया शहरमा भव्यता पुर्वक सम्पन्न भएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजित यस पटकको साहित्यिक शृंखला साहित्यकार एबम नाटककार भीमनिधि तिवारीको सतवार्षिकीमा समर्पित गरिएको थियो । नागोया स्थित ओजोनेको कम्युनिटी हलमा आयोजित कार्यक्रममा सहभागी हुन टोक्योबाट २ दर्जन साहित्यिक श्रष्टाहरु नागोया आइपुगेका थिए । टोक्यो देखिको यात्राका क्रममा साहित्यका विभिन्न रंगहरु भर्दै यात्रालाई साहित्यमय बनाउदै श्रष्टाहरु कार्यक्रम हलमा आइपुगेका थिए । जसलाई अनेसास जापानले साहित्य शृंखला अन्तरगत पहिलो साहित्य यात्रा भनेर नामकरण गरेको छ ।

जापानमा रहेका संघ संस्थाहरु छाता संगठनको रुपमा रहेको संस्था गैह्र आवासीय नेपाली संघ जापानका अध्यक्ष्य ओम गुरुङले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभए पछी कार्यक्रममा रचना वाचनको क्रम शुरु भएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै एनआरएन आइसीसीका सदस्य डा. सुदिप अधिकारी, रोविन्द श्रेष्ठ, नेसाजका अध्यक्ष्य कृष्ण भेटुवाल, अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष्य शालिकराम भण्डारी, अनेसास जापानका पुर्व अध्यक्ष एबम सल्लाहकार बेलु थापा कार्यक्रममा अतिथिका रुपमा उपस्थीत हुनुहुन्थ्यो । यस्तै एनआरएन जापानका उपाध्यक्ष डिलाराम खरेल, चितवन कल्याण मंचका महासचिव अर्जुन अधिकारी, एनआरएन जापानका सचिव सरोज कंडेल, मनाङ समाजका अध्यक्ष पेम्बा लामा, नेपाल इन्जिनियर्स एशोशिएशनका सचिव डा. मधु सुदन कायस्थ, एनआरएन जापानका सदस्य केशर गिरि, जनप्रगतिशील मोर्चा जापानका उपाध्यक्ष प्रकाश न्यौपाने, जनसम्पर्क समिति जापानका उपाध्यक्ष शेर बहादुर केसी, एनडीएफ जापानका संस्थापक अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे, एनआरएन जापानका सल्लाहकार पारसमणि पोखरेल, एनडीएफ जापान टोक्यो कमिटीका अध्यक्ष देविलाल भण्डारी, एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकारद्वय मोहन खत्री र बिमल अधिकारी, जनप्रगतिशील मोर्चा नागोयाका बिजयप्रसाद खनाल, एनडीएफ नागोयाका कोषाध्यक्ष विश्व पराजुली, एनआरएन कान्तो क्षेत्रका उपाध्यक्ष प्रेम कंडेल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित श्रष्ठाहरुले आफ्नो रचनामा विदेशिनु पर्दाको पिडा, मातृभूमि प्रतिको मायाका, नेपाली राजनीति प्रति व्यग्य कस्नुका साथै माया प्रेमले भरिएका श्रीङगारिक गजलहरुले कार्यक्रम हल साहित्यमय भएर जमेको थियो । कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरु सहित रचानावाचन गर्ने अन्य स्रस्टाहरुमा पिताम्वर चापागाई, अनुपराज कंडेल, रामजंग कार्की, वरुण सिग्देल, धिरण निरौला, पुस्करजंग थापा, बुद्दिराज घिमिरे लगाएतका हुनुहुन्थ्यो ।

कार्यक्रममा अनुपस्थित भय पनि स्रस्टाहरुले इमेलबाट पठायका रचनाहरु पनि कार्यक्रममा बाचन गरेर सुनाइयको थियो । त्यसरी रचना पठाउनु हुनेहरुमा बिबिसी साझा सवालका नारायण श्रेष्ठ , अनेसास जापानका पूर्व अध्यक्ष तथा सल्लाहकार दिनेशराज ज्ञवाली, नेपालि जन सम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, अनेसास जापानका पूर्व उपाध्यक्ष डा. रबिन्द्र ढकाल, अनेसास जापानका कृष्ण के श्रेष्ठ काल्स हुनुहुन्छ ।

आयोजक संस्थाका अध्यक्ष्य प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरुलाई अनेसास जापानका सदस्य बिष्णुप्रसाद घिमिरेले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन अनेसास जापानका सन्देश पोखरेलले गर्नु भएको थियो ।

एनआरएन जापानका अध्यक्ष एवं प्रमुख अतिथि ओम गुरुङले साहित्य जहिले पनि समाजको दर्पणका रुपमा रहने हुनाले हरेक सामाजिक बिकास र प्रभाबमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताउँदै अनेसास जापानले आयोजना गरेको साहित्य श्रृङ्खला अन्तर्गतको टोक्यो नागोया साहित्य यात्राले नयाँ खालको उमंग र तरंग पैदा गरेको कुरा बताउनु भयो । साहित्यिक कार्यक्रमको निरन्तरता दिनको लागि आयोजकलाई सुझाब दिदै यसले धेरै किसिमको थकानलाइ हलुका पार्ने गुरुङले बताउनुभयो ।

सभापतिको आशनबाट आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले टोक्यो-नागोया साहित्य यात्रा अनेसास जापानको इतिहास मै एउटा कोसेढुङ्गो साबित भयको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै खालका उल्ल्खनिया कार्यक्रमको आयोजना गर्दै जाने प्रतिबद्दता जनाउनु भयो । प्रकाशनको क्षेत्रमा समेत अनेसास जापानले केहि नयाँ कामको थालनी गर्न लागेको बताउँदै वहाले आफ्ना केहि गजल र हाइकुहरु समेत बाचन गर्नु भयको थियो । उपस्थित सबैलाइ र कार्यक्रम आयोजनामा सहयोग गर्ने सबैलाइ धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भयको थियो । कार्यक्रममा देविलाल भण्डारीको कमेडी हाइकु, कवियत्री प्रमिला सिग्देलको लयात्मक कबिता, धिषण निरौलाको छन्द कबिता र प्रेम कंडेलको प्रस्तुतिले झनै मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्नको लागि जापान मनि एक्सप्रेस, आइएमइ, सपना इन्टरप्राइजेज, भावना इन्टर्नेशनल, प्रकृति इन्टर्नेशनलका साथै टोक्योका व्यवसायी दिपक सुबेदीले सहयोग गर्नु भएको थियो । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबै साहित्य अनुरागी महानुभावहरुलाई आयोजक सस्थाले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

उक्त कार्यक्रममा सहभागी हुन टोक्योबाट २ दर्जन भन्दा बढी साहित्यिक श्रष्टाहरुको सहभागिता रहेको थियो । यात्राको क्रममा साहित्यको विभिन्न रगंहरु प्रस्तुत गरिदै सहभागी हुने भएकोले टोक्योबाट नागोया सम्मको यात्रालाइ टोक्यो- नागोया साहित्य यात्राको नामकरण गरिएको अनेसास जापानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो