जेठमा महाधिवेशन गर्न सकिदैन : संगठन विभाग

१८ फाल्गुन २०७०, आईतवार ०६:४२ मा प्रकाशित

काठमाडौं, १८ फागुन । एमाले केन्द्रीय कमिटी बैठकमा स्थायी समितिद्वारा प्रस्तावित मितिमा पार्टीको नवौं महाधिवेशन सम्भव नहुने प्रस्ताव प्रस्तुत भएको छ ।

संगठन विभाग प्रमुख रहेका सचिव युवराज ज्ञवालीले नवौं महाधिवेशन तयारीका सन्दर्भमा धारणा राख्ने क्रममा पार्टी सदस्यता नवीकरणको अवस्थालगायतका विषयमा जानकारी गराउँदै प्रस्तावित मिति ३ जेठमा महाधिवेशन आयोजना हुन नसक्ने बताएका हुन् ।

सचिव ज्ञवालीसहित सुरेन्द्र पाण्डे र डा. विजय पौडेलले महाधिवेशनका लागि आवश्यक सैद्धान्तिक, वैचारिक, प्राविधिकलगायत समग्र तयारीका लागि समय अभाव हुने भन्दै महाधिवेशन सार्नुपर्ने धारणा राखेका छन् । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, केशव बडाल र अग्नि खरेलले भने विधान संशोधन र नेतृत्व महाधिवेशनबाट एकै पटक गर्ने गरी स्थायी समितिद्वारा प्रस्तावित मितिमै आयोजना गर्नुपर्ने धारणा राखेको समाचार राजधानी दैनिकले लेखेको छ ।

‘युवराज कमरेडले सदस्यता नवीकरण भइसकेको छैन, त्यसकारण महाधिवेशनका लागि समय पुग्दैन भन्दै नवीकरणका बारेमा विभिन्न जिल्लाको वस्तुस्थितिबारे बोध गराउनुभयो,’ बडालले भने, ‘तर आङ्खनो समय आफैं सक्ने अनि थप्दै जाने काम राम्रो होइन, बढी खटेर भए पनि ३ जेठमै आयोजना गर्नुपर्छ भन्ने धारणा बैठकमा उठेको छ ।’

बैठकमा सचिव ज्ञवालीले साढे २ लाख हाराहारीमा सदस्य रहेको पार्टी सदस्यता नवीकरण १०÷१२ दिनमै सम्भव नहुने, नयाँ सदस्यता वितरणको संख्यासहित ३ लाख हाराहारीमा पुग्न सक्ने, दुर्गम जिल्लाहरूमा समयभित्रै सम्पन्न गर्न विभिन्न कठिनाइ हुने भएकाले कम्तीमा नवीकरणका लागि मात्रै चैत मसान्तसम्मको समय आवश्यक पर्ने भएकाले आगामी ३ जेठमै महाधिवेशन असम्भव भएको बताएका हुन् ।
एमालेले विशेषतः अञ्चल संयोजक र जिल्लाका केन्द्रीय प्रतिनिधिहरूको रिपोर्टिङलाई आधार मानेर प्रस्तावित मितिमै केन्द्रीय कमिटीबाट महाधिवेशन गर्ने या नगर्ने अन्तिम निर्णयको तयारी गरिरहेको छ ।

बैठकमा नेता बडालले स्थायी समितिले पहिले ९ वैशाखका लागि मिति तोकेर फेरि सार्दै ३ जेठमा प्रस्ताव गरिसकेको परिप्रेक्ष्यमा स्थायी समिति सदस्यबाटै फेरि भ्याइँदैन भन्ने धारणा आउनु संगतिपूर्ण नहुने विचार राखेका थिए । एकले अर्कालाई खुइल्याउने, होच्याउने गरी पार्टीको आन्तरिक विवाद बैठकभन्दा बाहिर सञ्चारमाध्यममा पोखिएकोमा असन्तुष्टि जनाउँदै बडालले पाँच वर्षभित्रै महाधिवेशन आयोजना गर्ने गरी तयारी नगर्नु त्रुटिपूर्ण भएको समेत धारणा राखेका थिए । प्रचार विभाग प्रमुख ज्ञवाली र खरेलले बडालकै जस्तो धारणा राखेका थिए ।

बैठकमा नेता सुरेन्द्र पाण्डेले राष्ट्रिय प्रतिनिधि परिषद्मार्फत पहिले विधान संशोधन गरेर महाधिवेशन आयोजना गर्नु नै उत्तम हुने भए पनि सम्भव नदेखिएकाले केन्द्रीय कमिटीमार्फत दुई विषय टुंगो लगाएर महाधिवेशन प्रक्रिया सुरु गर्न प्रस्ताव गरेका थिए ।

उनले अध्यक्षसहित पदाधिकारीको संरचना, समावेशिता, केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्य महाधिवेशन प्रतिनिधि हुने नहुने निक्र्योल, प्रतिनिधि संख्या किटान गरेर तदनुरूपको कार्ययोजना पारित गर्दै महाधिवेशन तयारीमा अघि बढ्नुपर्ने प्रस्ताव गरेका हुन् ।

पहिले महाधिवेशनमा सहभागी हुने १५ सयदेखि २ हजारसम्म (जति तोके पनि) संख्या तोकेर चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण कार्य सम्पन्न गरी ५ वैशाखभित्र संगठन विभागमा आइपुग्ने गरी तथ्यांक लिने, लगत्तै केन्द्रीय कमिटीमार्फत जम्मा तोकिएको प्रतिनिधि संख्यालाई नवीकरण भएको संगठित सदस्यतासँग भाग गर्ने सूत्र अपनाएर प्रतिनिधि छान्नु बढी वैज्ञानिक र व्यवस्थित हुने तर्क राखेका थिए ।

उनले चैत मसान्तभित्र दस्तावेज तयार गरेर सँगसँगै तलसम्म बहस सञ्चालन गर्नुपर्नेलगायतका काम गर्दा महाधिवेशन सर्ने स्थिति देखिएकाले तदनुरूप एक महिनापछि सर्ने गरी मिति तोक्नुपर्ने धारणा राखेका हुन् । ‘पँजीवादीकरणको प्रभावले सहरी क्षेत्रमा संविधानसभामा कांग्रेसले जितेको उदाहरण प्रस्तुत गर्दै पाण्डेले तदनुरूप पार्टीले सैद्धान्तिक, वैचारिक पक्षमा समयसापेक्ष सुधार गर्नुपर्ने धारणासमेत राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा