रेडियो नेपालका कार्कीलाई हटाउन माग

१८ फाल्गुन २०७०, आईतवार ०६:३७ मा प्रकाशित

काठमाडौं, १८ फागुन । रेडियो नेपालमा आबद्ध सात कर्मचारी संगठनका प्रतिनिधिले सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालसमक्ष कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई हटाउन माग गरेका छन् ।

उनीहरूले कार्यकारी निर्देशकको कार्यशैलीको आलोचना गर्दै ‘सम्मानजनक बहिगर्मन गराउन’ माग गरेका हुन् ।
वर्तमान कार्यकारी निर्देशकको ‘कार्यशैली र रबैयाका कारण आफूहरू त्रसित र आक्रोशित भएको’ बताउदै ‘उनीविरुद्ध एकताबद्ध प्रतिकारमा उत्रिने’ निर्णय गरेका सात संगठनले सञ्चारमन्त्री डा.रिजाललाई भेटेर यसबारे ध्यानाकर्षण गराएका छन् ।

रेडियो नेपालको नेपाल पत्रकार महासंघ, कर्मचारी संघ, युनियन, राष्ट्रिय संगठन, स्वतन्त्र टेक्निकल एसोसिएसन, प्रेस युनियन र चौतारीका प्रतिनिधिले सञ्चारमन्त्री रिजाललाई भेटेर ‘कार्यकारी निर्देशकलाई पदमै राखिराख्नु पेसागत सिद्धान्त र मर्यादाविपरीत हुने’ उल्लेख गरेका छन् ।

सञ्चार क्षेत्रमा ‘कुनै पूर्वअनुभव नभएका र प्रशासन, प्रसारण र प्रविधि कुनै पनि पक्षमा दखल नभएका व्यक्तिलाई रेडियो नेपालजस्तो राष्ट्रिय महवको अत्यन्त संवेदनशील संस्थाका प्रमुखमा राख्नु पेसागत सिद्धान्त र मर्यादाविपरीत हुन जाने’ भन्दै ‘कार्यकारी निर्देशकको सम्मानजनक बहिर्गमनको’ माग उनीहरूले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

आजको प्रमुख समाचार