पशुपतिनाथमा साधुसन्तलाई बिदाई

१७ फाल्गुन २०७०, शनिबार १७:४३ मा प्रकाशित

काठमाडौं, १७ फागुन । पशुपति क्षेत्र विकास कोषले करीब दुई हजार पाँच सय साधुसन्तलाई बिदाई गरेको छ ।
शिवरात्रिमा विभिन्न स्थानबाट पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दोसल्ला ओढाएर भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी आज (शनिबार) बिदाई गरिएको हो ।
गुठी संस्थानले स्तर निर्धारण गरे अनुरुप कोषले ५ सय १ देखि पाँच हजार एकसम्म दक्षिणा प्रदान गरेको छ । कोषले यसवर्ष करीब पाँच हजार साधुसन्त आएको जनाएको छ ।
कतिपय साधुसन्त अघिल्लो दिन नै बिदाई कार्यक्रममा सहभागी नभइकन फर्केको र केही फर्कन रहेको सुरक्षा एवम् प्रचारप्रसार समितिका सदस्यसचिव रेवतीरमण अधिकारीले जानकारी दिए ।
जनकपुर, चितवन, वीरगन्ज, नेपालगन्ज तथा भारतका विभिन्न स्थानबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा पशुपति आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न