‘होमियोप्याथिक चिकित्सा ग्रामीण क्षेत्रमा विस्तार गर्न आवश्यक’

१७ फाल्गुन २०७०, शनिबार १४:५२ मा प्रकाशित

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्सा प्रणालीले आफ्नो छुट्टै पहिचान राख्न सफल भएको बताएका छन् ।
काठमाडौंमा आज (शनिबार) देखि शुरु भएको दुईदिने अखिल नेपाल होमियोप्याथिक एसोसिएसनको सातौं अधिवेशनलाई पठाईएको सन्देशमा कोइरालाले सहरी क्षेत्रमा मात्र सीमित होमियोप्याथिक चिकित्सा पद्धतिलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको बताए ।
कोइरालाले सरकारले तयार गर्न लागेको स्वास्थ्य नीतिमा होमियोप्याथिक चिकित्सालाई थप विकास र विस्तार गर्न कार्यक्रम समावेश गरिने बताए । उनले चिकित्सा पद्धतिको विकास तथा विस्तार गर्न एसोसिएसनलाई अझ समर्पित भएर लाग्न आग्रहसमेत गरे ।
तत्कालीन राजा त्रिभुवनले विक्रम संवत २००७ मा उदघाटन गरिएको अखिल नेपाल होमियोप्याथिक एसोसिएसनमा अहिले तीनसय चिकित्सक आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार