जनप्रतिनिधि नहुँदा अर्बौं रकम हिनामिना : प्रधानमन्त्री

१७ फाल्गुन २०७०, शनिबार १३:२५ मा प्रकाशित

नेपालगञ्ज, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विगतमा अर्बौं बजेट हिनामिना भएको बताएका छन् ।
गृह जिल्ला बाँकेमा आज (शनिबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले रकम हिनामिना हुन नदिन सरकार छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्न प्रयासरत रहेको बताए । ‘विगतमा अर्बौं रकम हिनामिना भएको छ,’ उनले भने, ‘अब जनप्रतिनिधिहरुको अभाव हुन दिनु हुँदैन ।’
प्रधानमन्त्री कोइरालाले सरकारको प्राथमिकता एक वर्षभित्र संविधान जारी गर्ने भएको दोहराए । उनले संविधानका साथै विकासका मुद्दालाई ओझेलमा नपारिने उल्लेख गरे ।
‘जनताका आवश्यकता विकासका पूर्वाधार निर्माणबाट मात्र पूरा हुने भएकाले त्यसका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ,’ कोइरालाको भनाई थियो ।
मुलुकको राष्ट्रिय स्वार्थ दलीय स्वार्थको छायाँमा पर्न नहुने बताएका कोइरालाले सरकारले थालेको विकास निर्माणका कामलाई दलीय आँखाले हेर्न नहुने बताए ।
प्रधानमन्त्री कोइरालाले पहिलो संविधानसभा विघटनबाट सबै दलले ‘पाठ’ सिकेको उल्लेख गरे । उनले दोस्रो संविधानसभामा दलहरुको भूमिका मुलुक र जनताको हितमा सदुपयोग हुनेमा आफू विश्वस्त रहेको बताए ।
कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले अब जारी हुने संविधान शक्ति सन्तुलनमा आधारित पूर्ण लोकतान्त्रिक हुने र अर्को तानाशाह जन्माउने संविधान नबन्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले