मादक पदार्थ सेवन पछि बुहारीलाई छुरा प्रहार

१७ फाल्गुन २०७०, शनिबार १२:४२ मा प्रकाशित

इलाम, १७ फागुन । इलाम जिल्लामा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले आफ्नै बुहारीलाई छुरा प्रहार गरेर गम्भीर घाईते बनाएका छन् ।
चुलाचुली–२ का वीरबहादुर लावतीले आज (शनिबार) बिहान मादकपदार्थ सेवन गरी आफ्नै बुहारीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा वीरबहादुरले बुहारीलाई छुरा प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
घरमा अरू कोही पनि नभएको मौका छोपी वीरबहादुरले बुहारी दिलमाया लावतीको दाहिने पाखुरामा छुरा प्रहार गरी घाइते बनाएका हुन् । छुरा प्रहार गर्ने वीरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको आशंकामा स्थानीय दिलप्रसाद लावतीलाई समेत प्रहरी चौकी पेल्टिमारीले नियन्त्रणमा लिएको छ ।
गम्भीर घाइते दिलमायाको हाल झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार