प्रमुख राजनीतिक दल र शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगियो: निर्वाचन प्रणाली र शासकीय स्वरुपमा विवाद कायमै

११ बैशाख २०६९, सोमबार २१:५८ मा प्रकाशित

काठमाडौ, ११ बैशाख । नयाँ संबिधानका विवादित विषयमा सहमति जुटाउने अन्तिम प्रयासस्वरुप सोमबार संविधानसभा भवनमा बसेको प्रमुख राजनीतिक दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । दलहरुले मागे बमोजिम थपिएको सोमबार सम्मको अवधिमै विवादित विषयमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा सहितका प्रमुख दलहरूले सहमति खोज्ने अन्तिम प्रयास गरेका थिए ।

आज सोमबार राति सम्म सहमतिको प्रयासमा जुटेका दलहरुले नयाँ संविधान निर्माणमा देखिएका विवादित विषय समाधानमा गर्न गत साता संवैधानिक परिषदमा दुई दिनको थप समय माग गरेका थिए । संविधानसभाको सोमबारको बैठकमा विवादित विषयमा मतदानद्वारा निर्णय हुने भए पनि दलहरू सहमति नजिक पुगेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई दिनको थप समय माग गरेका थिए ।

दलहरुबीच यसअघि नै सहमति भइसकेको भनिएको निर्वाचन प्रणाली र शासकीय स्वरुप जस्ता विषय अझै हरेक शिर्ष बैठकमा छलफल भैरहेको हुदाँ दलहरु सहमति नजिक पुगेको भन्ने समाचार माथि आशंका पैदा भएको छ ।

यसका अलवा मिश्रित निर्वाचन प्रणाली मा दलहरु सहमति नजिक भए पनि संख्याको विषयमा दलहरुबीच विवाद जारी रहेको छ । कांग्रेसले प्रस्तावित स‌ंसद सदस्यहरूको संख्याप्रत्यक्ष तर्फ १०५ वा २०५ सहित कुल ३ सय भन्दा बढी हुन नहुने प्रस्ताव राखेको छ भने भने माओवादीका तर्फबाट प्रत्यक्ष तर्फ २४० र समानुपातिक गरी ४ सयको हाराहारीमा रहनुपर्ने प्रस्ताव प्रस्तुत गरेको छ । सहमति खोज्ने अन्तिम प्रयासस्वरूप शीर्ष नेताहरु मात्रै छलफलमा जुट्दा पनि बैठक निष्कर्षमा पुग्न नसकेको काँग्रेस नेता डा राम शरण महतले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार