पाल्पामा किशोरी बलात्कार गर्ने दुईजना पक्राउ

१७ फाल्गुन २०७०, शनिबार १२:२९ मा प्रकाशित

पाल्पा, १७ फागुन । बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको ।
जिल्लाको बन्दीपोखरामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बन्दीपोखरा–१ का १८ वर्षीय सन्तोष विक र सोही ठाउँका १८ वर्षीय मानवहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिए ।
फागुन १३ गते राति बिक र रानाले किशोरीलाई आफ्नै घरमा पु¥याई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको निरीक्षक सापकोटाले बताए ।
आफन्तले रातभरि किशोरी घरमा नआएपछि हराएको सूचना प्रहरीमा दिएका थिए । घटनाका बारेमा फागुन १४ गते मात्रै थाहा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा