एपीएफद्वारा पुलिस पराजित

१७ फाल्गुन २०७०, शनिबार ०६:५६ मा प्रकाशित

काठमाडौं, १७ फागुन । पहिलो चरणको लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि सुपर लिगमा पुरानो प्रदर्शन दोहोर्‍याउन नसकेको एपीएफले जारी लिगको अन्तिम खेलको अन्त्य भने सुखद् ढंगले गर्‍यो ।

उसले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिसलाई २–० ले पराजित गर्न सफल भएको हो । नतिजाले खासै अर्थ नराख्ने भए पनि पुलिसविरुद्ध एपीएफको जितले दुई विभागीय टिममा नेपाल पुलिसले राख्दै आएको दबदबालाई भने एपीएफले चिर्न सफल भयो ।

पहिलो हाफदेखि नै निकै राम्रा मौकाहरू सिर्जना गरेको एपीएफले गोल गर्न भने दोस्रो हाफको अन्त्यसम्म नै कुर्नुपर्‍यो । एपीएफका लागि ८२औं मिनेटमा पुलिसका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै गणेश लावतीले गरेको प्रहार गोलमा परिणत भएपछि एपीएफले खेलमा अग्रता कायम गर्‍यो ।

पहिलो गोल गरेको ६ मिनेट बित्न नपाउँदै एपीएफले आफ्नो अग्रता दोब्बर पार्‍यो । एपीएफका लागि राजेन्द्र रावलले अग्रता दोब्बर बनाए । उनले नवीन लामाको पासलाई उत्कृष्ट रूपमा गोलमा परिणत गरेपछि एपीएफले खेल २–० ले आफ्नो पक्षमा पार्‍यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को