२५ फागुनदेखि दुई रङका सिलिन्डर

१७ फाल्गुन २०७०, शनिबार ०६:५२ मा प्रकाशित

काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले २५ फागुनदेखि दुई रङको सिलिन्डर अनिवार्य रूपमा लागू गराउने भएको छ । शुक्रबार होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस व्यवसायीसँग भएको अन्तक्र्रियामा निगमले सो जानकारी गराएको हो ।

निगमले यसअघि ९ फागुनमा सार्वजनिक सूचनामार्फत दुई रङको सिलिन्डर प्रयोगमा ल्याउन ग्याँस उद्योगी, बिक्रेता तथा उपभोक्तालाई जानकारी गराइसको छ । व्यावसायिक प्रयोजनका लागि नीलो रङ र घरायसी प्रयोजनका लागि रातो रङको सिलिन्डर प्रयोगमा ल्याउनुपर्ने छ ।

२५ फागुनसम्म दुई रङको सिलिन्डर वितरण गरिसक्न निगमले उद्योगी तथा व्यवसायीलाई निर्देशन दिइसकेको छ । सो अवधिभित्र दुई रङको सिलिन्डर प्रयोगमा नल्याए कारबाही प्रक्रिया अघि बढाइने निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले बताए । दुई रङको सिलिन्डर कार्यान्वयनमा ल्याउन निगमले अनुगमनलाई तीव्रता दिने सत्यालको भनाइ छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसियसन ९रेवान० का उपाध्यक्ष प्रमोदकुमार जैसवालले नीलो रङको सिलिन्डर प्रयोगमा ल्याउन आफूहरू तयार रहेको बताए । उनले समान तौलको भन्दा पनि व्यावसायिक प्रयोजनका लागि ३५ केजीको सिलिन्डर प्रयोगमा ल्याउन निगमलाई सुझाएका थिए । धेरै तौलको सिलिन्डर घरायसी प्रयोजनमा ल्याउन कठिनाइ हुने भन्दै व्यावसायिक प्रयोजनमा मात्र प्रयोगमा आउने उनको भनाइ थियो ।

रेवानका महासचिव अनुपलाल कक्षपतिले दुई रङको सिलिन्डर कार्यान्वयनमा ल्याउन आफूहरू तयार रहे पनि बिक्रेताले उपलब्ध गराउन नसकेको गुनासो गरे । बिक्रेताले पर्याप्त मात्रामा नीलो रङको सिलिन्डर उपलब्ध गराएमा नियमित नीलो सिलिन्डर प्रयोगमा ल्याउन पहल गर्ने उनको भनाइ थियो । दुई रङको सिलिन्डर कार्यान्वयनमा ल्याउन निगमलाई चुनौती रहेको बताउँदै उनले नियमित अनुगमनमा जोड दिन पनि सुझाव दिएका छन् ।

उद्योगीले गत असारदेखि दुई रङको सिलिन्डर बिक्री वितरण सुरु गरेका थिए । हालसम्म ४ लाख सिलिन्डरमा नीलो रङ पोतेर बजारमा पठाइसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । निगमको तथ्यांकअनुसार अहिले नेपालमा मासिक १४ लाख सिलिन्डर खपत हुँदै आएको छ ।

निगमले पेट्रोलियम पदार्थमा बेहोर्दै आएको घाटा कम गर्न रातो र नीलो रङको सिलिन्डर प्रयोगमा ल्याउन लागेको हो । निगमले ग्याँसमा मात्र वार्षिक १ अर्बभन्दा बढी घाटा बेहोर्दै आएको छ ।

घाटा कम गर्न घरायसी प्रयोगमा ल्याइने रातो रङको सिलिन्डरमा अनुदान दिने र व्यावसायिक प्रयोगमा ल्याइने नीलो सिलिन्डर परल मूल्यमा बिक्री गर्ने निगमको तयारी छ ।

तत्कालका लागि दुवै रङको सिलिन्डर एउटै मूल्यमा बिक्री वितरण गर्ने निगमको आपूर्ति व्यवस्थापन विभागका निर्देशक सुशील भट्टराईले जानकारी दिए । प्रतिसिलिन्डर ९ सय ५८ रुपैयाँ ५९ पैसा घाटा बेहोर्दै आएको निगमलाई ग्यासमा मासिक १ अर्ब ४३ करोड रुपैयाँ घाटा रहेको छ ।

डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ३२ पैसा घाटा रहेको छ । यसरी डिजेलमा मासिक ६९ करोड ८७ लाख रुपैयाँ घाटा हुने देखिन्छ । पेट्रोल, हवाई इन्धन र मट्टितेलमा क्रमशः ४ रुपैयाँ ७२ पैसा, २९ रुपैयाँ १४ पैसा र ६ रुपैयाँ ७५ पैसा नाफा हुने निगमले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ