अब पनि नसुध्रिए पार्टी नै समाप्त

१७ फाल्गुन २०७०, शनिबार ०६:४१ मा प्रकाशित

काठमाडौं, १७ फागुन । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै कमजोरीका कारण जनताले पार्टीलाई भुइँमै पछारिने गरी झापड हानेको स्वीकारोक्ति गरेका छन् । संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुमा आफ्नै आन्तरिक कारण प्रमुख रहेको निष्कर्ष सुनाउँदै दाहालले अब पनि नसुध्रिए पार्टी नै समाप्त हुने ठोकुवा गरेका छन् ।

पार्टीनिकट मजदुर संगठन अखिल नेपाल टेड युनियन महासंघ केन्द्रीय समितिको बैठकमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले सो निष्कर्ष सुनाएका हुन् । उनले ‘जनताले आफ्नै छोराछोरी ठानेर सुध्रन निर्वाचनमा पराजित गरेर भुइँमै पछारिदिएको पटकपटक दोहो-याए ।

‘छोराछोरी गलत बाटोमा लाग्दा बाबुआमाले गालामा झापड लगाएर सुधार्ने प्रयास गर्छन्, अहिले हामीलाई जनताले निर्वाचनमा त्यही गरेका हुन्,’ दाहालको भनाइ उद्धृत गर्र्दै मजदुर नेता धनबहादुर विकले भने, ‘जनताले अझै पनि हामीलाई छोराछोरीकै रूपमा व्यवहार गरेका छन्, तर हामी सुध्रिन जरुरी छ ।’

शान्ति प्रक्रियामा आएपछि पार्टी बिग्रिएको स्वीकार गर्दै दाहालले कोहीकसैलाई कमजोरीको दोष लगाउने, आरोपरप्रत्यारोपमा रमाउनेभन्दा पनि सबैले वस्तुनिष्ठ समीक्षासहित कमजोरी सच्याएर जानुपर्ने बताए । ‘कसैले माने पनि नमाने पनि हामी बिग्रिएकै हौं, सबैभन्दा पहिले हामीले आफ्नै वर्ग उत्थान ग(यौं, त्यहीबाट हाम्रो धरातल गुम्दै गयो, एकैचोटि झ¥यामझुरुम भएर भुइँमा पछारियौं,’ दाहालले भने ।

अझै पनि पार्टीलाई सुधार गरेर लैजान सकिने भन्दै उनले मजदुर नेताहरूलाई निराशामा होइन, उत्साहका साथ पार्टी पुनर्निर्माणमा लाग्न निर्देशन दिए । ‘शान्ति प्रक्रियामा आउनेबित्तिकै मजदुरहरूको आकर्षण हाम्रो पार्टीमा ह्वात्तै बढेको थियो, तर अहिले मजदुरमा नै हामीप्रति वितृष्णा जाग्न थालेको छ, किन यस्तो अवस्था आयो, यसको खोजी गर्नैपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै अर्का मजदुर नेताले भने, ‘सबैभन्दा पहिले मजदुरका नेताहरूले पनि आफूलाई रूपान्तरण गरेर जानुप-यो, तब मात्र पार्टी बन्ने क्रम सुरु हुन्छ ।’

उनले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाएर जान पनि मजदुर नेतालाई निर्देशन दिए । पार्टीभित्रको सबैभन्दा बढी गुटउपगुटले आक्रान्त मजदुर संगठनलाई दाहालले विगतकै जस्तो आवेग, आक्रोशबाट नभई नयाँ सिराबाट संगठन पुनर्निर्माणमा जुट्न अपिल गरे । ‘विगतमा सबैभन्दा बढी पार्टी भत्कने क्रम मजदुर संगठनबाटै सुरु भयो, अब बनाउने काम पनि मजदुर संगठनले नै गर्नुपर्छ,’ दाहालले भने, ‘त्यसका लागि सबैले विगतको तुष मिल्काएर एकताबद्ध भएर जाऔं, पार्टीलाई नयाँ ढंगको क्रान्तिकारी पार्टी बनाऔं ।’

निर्वाचनमा पार्टीले जितेको भए झनै बिग्रिने रहेछ भन्दै दाहालले निर्वाचनमा पराजित भएर सुध्रने अवसर पाइएको जिकिरसमेत गरेका थिए ।

केन्द्रीय समिति विघटन

एकीकृत नेकपा माओवादीले आर्थिक स्रोत साधानका रूपमा सधं चर्चा र विवादमा आइरहने पार्टीनिकट मजदुर संगठन विघटन गरेको छ । एमाओवादीले सबैभन्दा सशक्त जनवर्गीय संगठन अखिल नेपाल टेड युनियन महासंघको केन्द्रीय समिति विघटन गर्दै महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

आयोजक समिति संयोजकमा नेता सालिकराम जम्मकट्टेललाई नै जिम्मा दिइएको छ । शुक्रबारको बैठकमा टे«ड युनियनका नेताहरूले संगठनको मूल नेतृत्व नै टेड युनियनवादमा फसेको, आर्थिक अपारदर्शितामा रमाएको आरोपसमेत लगाएका थिए । बैठकमा सहभागी कोचिला राज्यका मजदुर प्रतिनिधिले बैठकको वैधानिकतामाथि नै प्रश्न उठाएका थिए । त्यस्तै, भोजपुरा र उपत्यकाका प्रतिनिधिहरूले नेताहरूको आर्थिक कारोबारका विषयमा प्रस्ट्याउन चुनौती दिएको स्रोतको भनाइ छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले