मिस टिन कलेजको ताज मलुसा रानाले पहिरिन

१६ फाल्गुन २०७०, शुक्रबार २०:५६ मा प्रकाशित

काठमाडौं, १६ फाल्गुन । मिस टिन कलेज २०१४को ताज व्रिटिस कलेजमा अध्ययनरत मलुसा रानामगरले पहिरिएकी छिन । मिस टिन कलेजको ताज संगै उनले टिभिएस स्ट्रिट स्कुटर र एसीयन कलेज अफ म्यानेजमेन्टको क्षात्रवृत्ति र गिफ्ट ह्याम्परहरु प्राप्त गरीन । उनलाई टिभिएस स्कुटरको तर्फवाट सोरुम म्यानेजर सुरेस रायमाझीले स्कुटरको साँचो हरुतान्तरण गर्नु भएको थियो । मिस इन्टरनेशनल २०१२ की विजेता सुभेक्षा खड्काले उनलाई ताज पहिरियाइ दिएकी थिइन । अन्तिम ७ छनौटमा वर्तमान अवस्थाको विद्युत कटौतीलाई कसरी लिनु हुन्छ भन्ने प्रश्नमा मोलीसा रानामगरले वैर्कल्पिक उर्जालाई प्राथमिकता दिनु पर्ने धारण राखेकी थिइन उनले छोटो उत्तर दिदै विद्युत कटौतीले देशको अर्थतन्त्रमा घिरावट आएको उद्योग कलकारखानालाई मार परेको विद्यार्थीहरुलाई पठनपाठनमा असर परेको भन्दै त्यसलाई समाधान गर्न वैर्कल्पीक उर्जालाइ समेत प्राथमीकता दिनुपर्ने वताएकी थिइन । उनले दिएको यहि उत्तरलेनै उपाधी चुम्न सफ भइन । त्यस्तै न्यूसमिट कलेजमा अध्ययनरत छात्रा शान्तिमाया तामाङ फश्ट रनरअप उपाधी चुमीन भईन भने उनले रु २५ हजार नगद सहित एक वर्षको लागि छात्रावृति पाइन भने , ओरीयन्ट कलेजकी छात्रा सवनम भण्डारी सेकेन्ड रनरअपको ताज परिहरन सफल भइन साथै फेसबुक मल्टिमिडिया अर्वाड सहित १५ हजार नगद हात पारीन ।
प्रतियोगीतामा मिस इन्टरनेशनल २०१२ की विजेता सुभेक्षा खड्का ,क्याम्पीयन कलेजका प्रिन्सीपल नविनमान श्रेष्ठ , टुरीजम वोर्डका मार्केटिङ तथा प्रचार प्रसार प्रमुख गोवीन्द वली ,मिस इकलेज २०१३ को विजेता प्रज्ञा लामिछाने ,स्कीनलभरको सिइओ डि.वि गुरुङ, सिए नेपालका अध्यक्ष इन्दिरा रानामगर र राजधानी दैनीकका समाचार सम्पादक गणेश वश्नेत ले गर्नु भएको थियो ।
अन्य उपविधाहरुमा सिटिभि मोवाइल मिस प्रशनालीटी र अर्गनाइजर च्वाइस दिक्षा क्षावलीले पाइन त्यस्तै एसीयन कलेज मिस ट्यालेन्ट अर्वाड र भियाुेर्स च्वाइस अर्वाड सामना मर्हजनले जिल्न सफल भइन भने सुश्मा अधिकारीले वेष्ट स्कीन अर्वाड र मिस पङ्चुवालीटी अर्वाड जित्न सफल भइन ,फोटो जेनीक अर्वाड र मिस पपुलर अर्वाड जोनीका खकुरेलले हात पारीन ,वेष्ट वाक ललना खाएजु, मिस फेन्डसीप सार्वानी खनाल ,वेष्ट हेयर स्मारीका श्रेष्ठ, मिस डिसिपिलिन वर्षा केसी र फिरिरि यूरोपा वेष्ट डे«स टुइङ्कल चौधरीले हात पारीन् ।
उत्त कार्यक्रममा गायिका स्मिता घिमीरे , टेकराज मगर ले गित गाएर मनोरनजन प्रदान गर्नु भएको थिायो भने । अभिलासा कार्की र सामना मर्हजनले नृत्य प्रस्तुत गरेकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया