मन्त्रिमण्डलमा सन्तुलन मिलेको छैन : कोइराला

१६ फाल्गुन २०७०, शुक्रबार १५:५२ मा प्रकाशित

वीरगन्ज, १६ फागुन । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले वर्तमान मन्त्रिमण्डल सन्तुलन नरहेको बताएकी छन् ।
पर्सामा आज (शुक्रबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले वर्तमान मन्त्रिपरिषद्मा भौगोलिक, लैङ्गिक र जातीय सन्तुलन नमिलेको बताईन् । ‘यो मन्त्रिमण्डलमा सन्तुलन छैन,’ उनले भनिन्, ‘सबै क्षेत्रलाई मिलाउनु पर्ने हो । मन्त्री बनाउँदा मिलाईएन ।’
सहमति, सहकार्य र एकताका साथ कांग्रेस, एमाले र एमाओवादी सँगसँगै अघि बढ्नुपर्ने बताएकी नेत्री कोइरालाले संविधानभन्दा सरकार र मन्त्रालयको जिम्मेवारी ठूलो नहुने बताईन् ।
उनले राजनीतिक दल र सरकारको पहिलो प्राथमिकता संविधान निर्माण हुनुपर्ने बताईन् । ‘राजनीतिक दलहरुबीच देखिएको आन्तरिक द्वन्द्वबाट संविधान निर्माणका कार्य प्रभावित हुनुहँुदैन,’ कोइरालाले भनिन्, ‘नेपाली जनताको चाहनाअनुरुप संघीय समावेशी लोकतान्त्रिक संविधानको निर्माणमा नै सरकार र दलहरुको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार