भक्तपुरमा एकै परिवारका तीनजनाको हत्या

१६ फाल्गुन २०७०, शुक्रबार १३:०७ मा प्रकाशित

भक्तपुर, १६ फागुन । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१७ धुन्चेपाखास्थित मगरगाउँमा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।
धुन्चेपाखामा आफ्नो सालाको घरमा पाहुना आएका ३४ वर्षीय श्याम महत, ३० वर्षीया श्रीमती सुनिता महत र चार वर्षीया छोरी नानु महत आज (शुक्रबार) घरमै मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको हत्या भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
महत घरबाहिर ढोकाअगाडि झुन्डिएको अवस्थामा र श्रीमती तथा छोरी भने कोठाभित्र भुईंमा लडिरहेको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।
डिभी भिसा परेर अमेरिका जाने तयारीमा रहेका उनीहरूको मृत्युको कारण भने तत्काल खुल्न नसकेको जनाईएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान सुरु गरेको छ ।
घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । झुन्डिएको अवस्थामा भेटिएको श्यामको शव भने भुईंमा लत्रिएको अवस्थामा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र