युक्रेनको राष्ट्रपति मै हुँ : यानुकोभिच

१६ फाल्गुन २०७०, शुक्रबार ०६:५० मा प्रकाशित

एएफपी


मस्को, १६ फागुन । अपदस्थ गरिएका युक्रेनका पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिचले युक्रेनको वैधानिक राष्ट्रपति आफू नै भएको बताएका छन् । उनले गत साता आफूलाई अपदस्थ गरिएपछि पहिलो पटक बिहीबार दिएको सम्बोधनमा आफू नै त्यहाँको वैधानिक राष्ट्रपति भएको भन्दै हतियारको माध्यमबाट आफूलाई हटाउनु गैरकानुनी भएको पनि बताए ।

उनले रसियामा शरण लिएको समाचार स्रोतले दाबी गरेको छ । उनी कहाँ छन् भन्नेबारे उनले आºनो विज्ञप्तिमा केही नभने पनि उनको विज्ञप्ति रसियामा प्रकाशन गरिएको छ । रसियाका तीन ठूला समाचार समितिमार्फत बिहीबार उनको सो विज्ञप्ति आएको छ । त्यसैले पनि उनी रसियामा नै रहेको बताइएको छ ।

उनले रसिया सरकारसँग आºनो व्यक्तिगत सुरक्षाको पनि माग गरे, तर आफ्नोबारे उनले केही खुलाएनन् ।
‘म युक्रेनबाट हटेको छैन, कसले हटाएको प्रचार ग¥यो, मलाई थाहा छैन र अहिलेसम्म म नै त्यहाँको राष्ट्र प्रमुख हुँ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘युक्रेनमा हाल अतिवादीहरूको राज छ र उनीहरूबाट मलाई बारम्बार जीवनमाथिको धम्की आएकाले मेरो सुरक्षाका लागि रसियासँग आग्रह गरेको हुँ ।’

‘हालै मात्र युक्रेनको संसद्ले नयाँ राष्ट्रपति नियुक्त गरेको समाचार सुन्नमा आएको छ, तर त्यसरी नियुक्त भएका भनिएका राष्ट्रपतिमा कुनै पनि वैधानिकता छैन,’ उनले अगाडि भनेका छन् । युक्रेनमा गत साता विद्रोह भएको थियो । सो विद्रोहबाट पूर्वराष्ट्रपतिलाई हटाइएको थियो । विपक्षीहरूले संसद् कब्जा गरी सो निर्णय गरेका थिए । त्यहाँको अन्तरिम सरकारले पूर्वराष्ट्रपतिलाई पक्राउ पुर्जी नै जारी गरेको छ ।

युक्रेनमा विपक्षीहरूले हालै संसद् भवन कब्जा गरी सत्ता हत्याएको सो घटनाको रसियाले भने विरोध गरेको छ, तर संयुक्त राज्य अमेरिकासहितका कतिपय पश्चिमा देशहरूले भने वर्तमान सरकारलाई नै समर्थन गरेका छन् । युक्रेनका राष्ट्रपति यानुकोभिच भागेका छन्, तर कहाँ छन् भन्ने आधिकारिक भनाइ आएको छैन । उनी देश छोडेर भागेको भनी विपक्षीहरूले आफ्नो नेतृत्वमा सरकार बनाएका हुन् ।

सरकारी कार्यालयमा कब्जा


यसैबीच, युक्रेनमा सशस्त्र समूहले दुईओटा सरकारी भवनहरूलाई कब्जामा लिएको समाचार छ । युक्रेनको क्षेत्रीय राजधानी सिमफेरपोलमा सो समूहले सरकारी भवन कब्जामा लिएको टटार समुदायका एक स्थानीय नेताको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । सेनाको पोसाकमा रहेको सो सशस्त्र हतियारधारी समूहले बिहीबार स्थानीय सरकार र विधायकको कार्यालय कब्जामा लिएको रिफट चुबारोभले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

यसैबीच, क्रिमिअन विधायिकाको भवनमा टेलिफोन नउठेको र सो कार्यलयको वेबसाइट बन्द गरिएको समाचारमा जनाइएको छ । विधायिकाको प्रेस कार्यालयले ती दुई भवन अज्ञात सशस्त्र हतियारधारी समूहको कब्जामा परेको पुष्टि गरेको छ । सिमफेरपोलस् िथत विधायिकाको भवनमा बुधबार रसिया बिरोधी र पक्षधर प्रदर्शनकारीहरूबीच मुक्का हानाहान भएको थियो । किभमा रसिया समर्थ राष्ट्रपति भिक्टोर यानयुकोभिच देश छोडेर भागेपछि विपक्षी नेताहरू नयाँ सरकार गठन पक्रियामा रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार