जोखिम मोल्दै अवैध गर्भपतन

१६ फाल्गुन २०७०, शुक्रबार ०६:४४ मा प्रकाशित

काठमाडौं, १६ फागुन । एउटै कलेजमा स्नातक अध्ययनरत छात्रछात्रा ‘लिभिङ टुकेदर’का रूपमा बस्दै आएका थिए । बर्दिया घर भएका युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । युवती गर्भवती भएको पाच महिना भइसक्यो । युवतीकी दिदी ललितपुरमा कार्यरत नर्ससमक्ष पुगिन् । आत्महत्या प्रयास गरेकी युवतीलाई परिवारले स्वास्थ्य संस्थामा पु-याए ।

आफन्तबाट बलात्कृत भएपछि गर्भवती भएकी ललितपुरकी १५ वर्षीया किशोरीलाई पनि आमाले स्वास्थ्य संस्थासम्म पु-याइन् । थाहा पाउँदासम्म ६ महिनाको गर्भ भइसकेको थियो । अधिकांश स्वास्थ्य संस्थाले गर्भपतन गर्न मानेनन् । किशोरीलाई नर्सले जोखिम मोलेरै क्लिनिक पु-याइयो ।

सरकारले तोकेको अवधिभन्दा पछि गर्भपतन गराएको यी उदाहरण मात्र हुन् । सामान्य अवस्थामा १२ सातासम्म र महिलाको स्वास्थ्य प्रतिकूल असर गर्ने हुँदा वा बलात्कारबाट महिला गर्भवती भए १८ सातासम्म गर्भपतन गर्न पाउने कानुनी मान्यता छ ।

सरकारबाट स्वीकृति नलिएका अधिकांश संस्थाले काठमाडौंमा यस्तो सेवा दिइरहेका छन् । यी संस्थाले लामो समय भसक्दासमेत महँगो रकम लिएर गर्भपतन गराउदै आएका छन् । ग्रामीण क्षेत्रमा गर्भपतन सेवा नहुदा बाध्यतावश सन्तान जन्माइरहेका उदाहरण प्रशस्तै छन् । सहरी क्षेत्रमा अविवाहिता वा श्रीमान् विदेश भएका महिला गर्भपतन गराउन स्वास्थ्य संस्था पुग्ने गरेको पाइएको छ ।

त्यस्तै, लिंग पहिचानपछि पनि गर्भपतन गराउने क्रम बढेको छ । सरकारले ‘सहज गर्भपतन सेवा दिन’ औषधिबाटै गर्भपतन सेवा थालेपछि यसको प्रयोग बढेको चिकित्सक इन्दिरा बस्नेतको दाबी छ ।

मेसिनभन्दा औषधि सेवनबाट गरिने गर्भपतनलाई सेवाग्राहीले बढी प्रयोग गरेको पाइएको छ । औषधि पसलमा सर्वसुलभ उपलब्ध हुने थालेसँगै यसको प्रयोग बढेको स्वास्थ्यकर्मी बताउँछन् । तर, अदक्ष स्वास्थ्यकर्मीले दिँदा औषधि प्रयोगद्वारा हुने गर्भपतनमा समस्या आउनसक्नेतर्फ चिकित्सकले सचेत गराएका छन् ।

औषधिबाट हुने गर्भपतन सेवाग्राहीलाई सहज भए पनि २५ जिल्लामा मात्र सरकारले उपलब्ध गराइरहेको छ । समुदायस्तरसम्म सेवा पुग्न नसक्दा महिलालाई १२ घन्टासम्म हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।

बियोन्ड बेजिङ कमिटीका लक्ष्मीप्रभा श्रेष्ठले अधिकारकर्मी बच्चा जन्माउँदा निःशुल्क र गर्भपतन गराउदा शुल्क लिने सरकारी नीति सही नभएको बताउँछिन् । ‘ग्रामीण क्षेत्रमा कतिपय महिलाले पैसाकै अभावमा गर्भपतन गराउन नसकेर सन्तान जन्माइरहेका छन्,’ उनले भनिन् ।

सरकारले मेसिनबाट दिइने सेवाको १ हजार र औषधि सेवाको ५ सय रुपैयाँ लिने गरेको छ । निजी स्वास्थ्य संस्थाले भने त्योभन्दा कयौं गुणा महँगो लिने गरेका छन् । अधिकारकर्मी र स्वास्थ्यकर्मीको आग्रहमा सरकारले २०६५ सालमा ‘सुरक्षित गर्भपतन सेवा’ थालेको हो । चेतना अभिवृद्धि केन्द्र (क्याप) अध्यक्ष हीरा दाहालले लिंग पहिचानपछि गर्भपतन गराउनेको संख्या सहरी क्षेत्रमा अझ बढी रहेको बताउँछिन् । उनका अनुसार कम्तीमा एक छोरा हुनै पर्ने मान्यता रहेकाले पनि गर्भपतन गर्ने क्रम बढेको हो ।

‘छोराका लागि एकै महिलाले समेत पटक–पटक गर्भपतन गराउने क्रम बढेको छ,’ दाहालले भनिन्, ‘एक पटकदेखि चार पाँच पटकसम्म छोरी छ भनेपछि गर्भपतन गराएका पनि छन् । लिंग पहिचानपछि गर्भपतनसँगै नवजात शिशुमध्ये बालिकाको संख्या घट्दो छ ।’

२०६८ को जनगणनाअनुसार महिलाको जनसंख्या ५१ प्रतिशतभन्दा बढी भए पनि १० वर्षमुनिका बालिका संख्या बालकभन्दा २.३ प्रतिशत कम छ । सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थाले मात्र १२ सातासम्म भए पनि बलात्कार वा महिलाको स्वास्थ्य अवस्था नराम्रो हुँदा १८ सतासम्म पनि गर्भपतन गर्न पाउने नियम छ । तर, सहरी क्षेत्रमा भने सरकारबाट स्वीकृति नलिएका अधिकांश स्वास्थ्य संस्थाले ६ / ७ महिनासम्म पनि गर्भपतन गराउने गरेका छन् ।

गर्भपतन गराउने अनुमति लिएका सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाको संख्या ६ सय ६० छ । ती संस्थामा गर्भपतन गराउनका लागि झन्डै १९ सय स्वास्थ्यकर्मी कार्यरत छन् । सन् २००८ यता मात्र ६ लाखभन्दा बढी महिलाले यो सेवा लिइसकेका छन् । अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष औसतमा ७ लाख महिला गर्भधारण गर्ने गर्छन् । यसमा ३० प्रतिशत गर्भ अनिच्छित हुने गरिएको छ ।

अनिच्छित गर्भमध्ये ५० प्रतिशत महिला सन्तान जन्म दिन्छन् भने ५० प्रतिशतले जुनसुकै माध्यम प्रयोगबाट तुहाउने गरिएको पाइएको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न