७ लाखद्वारा पशुपति दर्शन

१६ फाल्गुन २०७०, शुक्रबार ०६:२८ मा प्रकाशित

काठमाडौं, १६ फागुन . महाशिवरात्रिको अवसरमा बिहीबार झन्डै ७ लाख भक्तजनले पशुपतिनाथ दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य–सचिव गोविन्द टण्डनले भने धेरै समय लाइन बस्न नपरेको दाबी गरे । ‘धेरै समय लागेको छैन,’ उनले भने, ‘दर्शनार्थीका लागि भनेर हामीले चारओटा लाइन छुट्ट्याएका थियौं, भीड अत्यधिक भएका बेला कहीकतै ढिलो भएको हुन सक्छ ।’

तर, भक्तजनले भने अत्यधिक भीडका कारण दर्शनका लागि लामै समय पालो कुर्नुपरेको गुनासो गरेका छन् । यसअघि, कोषले ‘एकदेखि डेढ घन्टाभित्रै दर्शन गरिसक्ने’ दाबी गरेको थियो ।

‘एक घन्टामै दर्शन गर्न पाइन्छ भन्ने सुनेका थियौं,’ साँखुकी सीता अधिकारीले भनिन्, ‘बिहान १० बजेबाटै लाइन बसेको, दिउ“सो १ बजे मात्र दर्शन गर्न पायौं, यसपालि महिला–पुरुषको लाइन एउटै रहेछ ।’

कोषले बिहीबार बिहान साढे ३ बजेबाटै पशुपतिका चारै ढोका खोले पनि अत्यधिक भीडका कारण दर्शनमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार