हिरोइन बनेर पैसा कमाइदैन :: प्रियंका कार्की

१६ फाल्गुन २०७०, शुक्रबार ०४:३५ मा प्रकाशित

-फिल्म झोलको आफ्नो भूमिकालाई कसरी ब्याख्या गर्नुहुन्छ?
रमाइलोसँग जीवन जिउन चाहने कमला नामको युवतीको भूमिकामा छु। साना कुराले पनि उसको जीवनमा ठूलो खुशी ल्याउँछ। तर जीवन सोचेजस्तो हुन्न र उनी यौन व्यवसायमा लाग्छे। यौन व्यवसायमा संलग्न भएकी युवतीको रुपमा अभिनय गरेको छु।
-यो कमेडी फिल्म होइन?
हो यो कमेडी फिल्म नै हो। अझ यो डार्क कमेडी हो। फिल्मको कथा त खोल्न चाहन्न। सपना बोकेका नेपाली युवाहरूको समस्याले ग्रस्त जीवनका समस्याहरूलाई कमेडीका रुपमा प्रस्तुत गरिएको छ।
यौनकर्मी युवतीको रुपमा फिल्ममा अभिनय गर्दाको अनुभव सुनाइदिनुस् न?
कमेडी मेरो लागि नयाँ फिल्ड थियो। आफ्नो पात्रको जीवनको नजिक पुग्न निकै कठिन भयो। तर सबैको सहयोगले पात्रलाई न्याय गरेजस्तो लाग्छ। हुन त यो दयाहाङ राईसँगको मेरो यो पहिलो फिल्म हो। तर पनि निकै रमाइलो भयो। सबैजना सहयोगी हुनुहुन्थ्यो। त्यसकारण रमाइलो नै भयो।
यौनकर्मीको बारेमा अनुसन्धान गर्नुभयो?
यौनकर्मीको भूमिकामा पहिलोपटक अभिनय गरेको हुँ। त्यसकारण मैले केही बुझेको थिए। धेरै जना बाध्यताले यस्तो पेशामा लाग्दा रहेछन्। परिस्थितिले उनीहरू यस्तो पेशा लागेका हुँदारहेछन्। उनीहरूको जीवनको बारेमा बुझेर नै अभिनय गरेको हुँ।
नेपालमा नेपालीभन्दा हिन्दी फिल्म हेर्ने दर्शकहरू धेरै छन्, नि?
फिल्म नै नहेरी नेपाली फिल्म राम्रो हुँदैन भन्न मिल्दैन। पहिला फिल्म हेर्नुस् अनि नराम्रो लागे नराम्रो भनिदिनुस्। तर फिल्म नै नहेरी नेपाली फिल्म राम्रो हुन्न भन्दा अन्याय हुन्छ। नेपाली फिल्महरू राम्रो पनि बन्दै गएका छन्।
अब झोलेपछि कुन–कुन फिल्म खेल्दै हुनुहुन्छ?
अरु फिल्महरूबारे कुरा भइरहेको छ। खासमा आफूलाई अझ तिखार्नमा म केन्द्रित छु। विभिन्न किसिमको भूमिका अभिनय गर्ने रहर छ।
तपाईंजस्तै हिरोइन बन्न चाहेनहरूलाई के भन्नुहुन्छ?
रहर गरेर भन्दा पनि केही गर्छु भनेर यो क्षेत्रमा लाग्नुपर्दछ। यो अरु पेशाको वैकल्पिक पेशा होइन। पैसा कमाउनका लागि यो क्षेत्रमा नलाग्नुस्। पैसा कमाउनका लागि फिल्म क्षेत्रमा लाग्छु भन्ने हुन्छ भने यो क्षेत्रमा लाग्नु अर्थहीन हो। गम्भीर भएर कला क्षेत्रप्रति समर्पित हुनेहरू मात्र यसमा टिक्न सक्छन् र सफल पनि हुन्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया