हत्याका योजनाकार पक्राउ

१५ फाल्गुन २०७०, बिहीबार १४:१२ मा प्रकाशित

गोरखा, १५ फागुन । जिल्ला प्रहरी कार्यालय गोरखाले पालुङ्टार गाविस बडडाँडा घर भएकी सीता शाह ठकुरीको हत्याका योजनाकार पक्राउ गरेको छ ।

सीताकी तीन वर्षीया छोरी करिस्मा र सीतालाई हत्या गरेर घरको सेफ्टी ट्याङ्कीमा हाल्ने लमजुङ जिल्ला भलायखर्क गाविस–६ घर भएका सविन्द्रसेन ठकुरीलाई इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले पक्राउ गरी गोरखा ल्याएको हो ।

प्रहरीका अनुसार सीता र करिस्माको हत्याका पहिलो मुख्य योजनाकार सविन्द्र सेन हुन् । हत्या भएको नौ महिनापछि उनी पक्राउ परेका हुन् । हत्यामा संलग्न भएको आरोपमा सीताकी सासु ससुरासहित छजना गोरखा कारागारमा बन्दी रहेका छन् ।

सीताका श्रीमान् मनोज सेन अझै फरार छन् । सम्पत्तिको विषयमा विवाद भएपछि सीताको हत्या भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिए ।

सीता र करिस्माको शव हत्या भएको दुई हप्तापछि घरको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै