प्रध्यापक संघद्धारा मागका बारे प्रधानमन्त्रीलाई जानकारी

१५ फाल्गुन २०७०, बिहीबार १४:०५ मा प्रकाशित

काठमाडौं, १५ फागुन । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालय समक्ष राख्दै आएका मागबारे प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालालाई आज (बिहीबार) बालुवाटारमा भेट गरेर संघका अध्यक्ष योगेन्द्रनारायण बडवरियालगायतको टोलीले मागका विषयमा जानकारी गराएको हो ।
त्रिवि प्रशासनसँग विगतमा भएका सहमति लामो समयसम्म कार्यान्वयन नभएको भन्दै संघका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराए ।
विश्वविद्यालयमा करार सेवाका प्राध्यापकको स्थायी प्रक्रिया, प्राध्यापकको बढेको तलब व्यवस्थापनलगायतका माग संघको छ ।
त्रिवि प्राध्यापक संघ र विश्वविद्यालय प्रशासनबीच विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै केही दिन यता प्रध्यापकहरु विश्वविद्यालयको केन्द्रीय कार्यालयमा चरणबद्ध धर्नामा बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार