सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१५ फाल्गुन २०७०, बिहीबार ११:०१ मा प्रकाशित

नवलपरासी, १५ फागुन । नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार ना २४ प ४१ २५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते अमरापुरी–२ का ६२ वर्षीय बृद्धा तुल्कीमाया नेपालीको मृत्यु भएको हो । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा भरतपुरमा आज (बिहीबार) बिहान तीन बजे मृत्यु भएको थियो ।
प्रहरीले मोटरसाइकल चालक चितवन भरतपुर नगरपालिका–९ का २१ वर्षका प्रदर्शन गिरीलाई नियन्त्रणमा लिएको छ ।
रजहर–८ मा आजै बिहान लु ११ प २०२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रजहर–८ निवासी ४१ वर्षीय हरिमाया विकको दुर्घटनामा मत्यु भएको हो । उनको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
ठक्करबाट हरिमायाका श्रीमान् कुलवहादुर विक र मोटरसाइकल चालक लोकबहादुर खोजवार गम्भीर घाइते भएका छन् । घाइते दुवैको उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय