फुटबलमा विजयी विजय

१५ फाल्गुन २०७०, बिहीबार १०:०१ मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी । फुटबल भनेपछि भुत्तुकै हुन्छन विजय कार्की । यो उनको अभिष्ट चाहनाले उनलाई नेपालमा मात्र होइज प्रवासमा पनि छाडेको छैन । नेपालमा छँदा क्लबस्तरिय फुटबलमा होमिएका विजय अस्ट्रेलिया आएर पनि फुटबलको पछाडी दौडिएकै छन । राष्ट्रिय खेलाडी बन्ने उनको सपना पुरा नभएपनि फुटबल उनको प्यासन बनिसकेको छ ।सिड्नीको ब्यस्त बिध्यार्थीको जिन्दगीमा पनि उनि हप्ताको दुइ दिन पुरै फुटबललाई छुट्याउछन । अस्ट्रेलियामा नेपाली समाज बाक्लिदै गर्दा सामाजिक सदभाव र एकताका लागि अहिले खेलकुद एउटा माध्यम बन्दै आएको छ । त्यसमाथि पनि लोकप्रीय फुटबल र प्रतियोगिता सिड्नीको शान बन्दै गएको छ । नेपालमा सरस्वती क्लबवाट ए डिभिजन लिग फुटबल खेलेका सिन्धुलीका युवा विजय पनि सिड्नीको फुटबल भेलमा आफुलाई अब्बल सावित गर्ने होडमा लागेका छन । अरु क्षेत्रमा मध्यम विजय फुटबलमा भने विजयी खेलाडी हुन । मुलुक छाडेर प्रवासमा पनि उनको फुटबल मोहले उनलाई मैदानमा विजयी बनाएको हो । सुत्दा फुटबल,उठ्दा फुटबल अनि सपनामा पनि फुटबल । खै मलाइ यो फुटबलको भुतले नछाडे्ला जस्तो छ, जिस्कदै विजय भन्छन । फुटबलप्रती उनको रुचीले उनलाई अहिले पनि त्यत्तीकै बिना मौसम तताउने गर्छ । भर्खरै सिड्नीमा सम्पन्न मिनी दक्षिण एशियाली फुटबल प्रतियोगिता सकेका विजय फेरी मेलवर्नमा हुने एमआइटी कपका लागि तयारीमा जुटेका छन । पाँच दिनको काम पछि दुइ दिनको अभ्यासले पनि उनलाई मैदानमा चर्चा बटुल्न कम पारेको छैन । आउँदो मार्च ८ र ९ तारिखमा मेलवर्नमा हुने नाइन ए साइड एमआइटी कप फुटबल प्रतियोगितामा उनि सिड्नीका टीआरसीसीवाट प्रतिस्पर्धा गर्दैछन । अस्ट्रेलियाको सबै राज्यवाट सहभागिता हुने प्रतियोगिता मेलवर्नको यती फुटबल क्लबले आयोजना गर्दै छ । गत अक्टोबरमा यो क्लबले पोखरामा सम्पन्न सफल कपमा समेत सहभागिता जनाएको थियो । त्यती मात्र होइन,त्यस प्रतियोगितामा विजय पनि यतिको तर्फवाट स्ट्राइकरका रुपमा पोखरा पुगेका थिए । आपसी तालमेल र नया प्रतियोगिताका कारण हाम्रो परिणाम राम्रो रहेन, विजयले सफल कपको बारेमा सुनाए ।सिन्धुलीको डकाहामा जन्मेका विजय सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे । उनले आफ्नो खेललाई तिखार्न राजधानी बसेर निकै मिहिनेत गरे । सरस्वती क्लबवाट ए डिभिजन लिग पनि खेले तर खेलर जिवन धान्न गाहे हुने सोचले उनलाई पनि बिदेश आउन बाध्य तुल्यायो । नेपाल फर्केर फेरी लिगको कुनै क्लबमा सहभागिता जनाउ भन्ने सोच आउछ तर, भविष्य र पढाइले दिर्दैन, विजयले भने । सिड्नीको सी डिभिजन क्लब मोसम्यानमा पनि उनि आवद्ध भएर आफ्नो फुटबल परिक्षा पास गरे विजयले । करिब एक वर्ष सो क्लबवाट खेले पनि । अहिले पर्मानेन्ट रेसिडेन्ट्को आवेदन भरेर प्रतिक्षामा रहेका विजय समय दिन नसक्दा र उपयुक्त प्रशिक्षणको अभावमा सोचे अनुरुपमा खेल पस्कन नसकेको बताउछन । गत बर्षपनि एमआइटी कपमा विजयले ११ गोल गरेर उच्च गोलकर्ताको पुरस्कार हात पारेका थिए भने जीएनसी कपमा १२ गोल गरेका थिए । यहा हुने विकेन्ड फुटबल लिगमा टीआरसीसीवाट मैदानमा उत्रिने विजयले यस सिजनमा पनि चार खेलमा ११ गोल गरिसकेका छन । जे होस फुटबल उनको मन र मस्तीष्कले रोजेको खेल हो । उनले यसलाई पेशा बनाउन नसकेपनि नामका लागि प्रयाप्त काम भने गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार