म्यानचेस्टर ओलम्पियासँग पराजित

१५ फाल्गुन २०७०, बिहीबार ०६:५२ मा प्रकाशित

लन्डन/एजेन्सी– इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा पनि सुधारिएको प्रदर्शन गर्न नसक्दा प्री–क्वार्टरफाइनलबाट नै बाहिरने सम्भावना बढेको छ ।
मंगलबार राति ओलम्पिकासको घरेलु मैदानमा भएको पहिलो लिगमा युनाइटेड २–० ले पराजित भएपछि च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको छ । २० मार्चमा वल्र्ड ट्राफोर्डमा हुने दोस्रो खेलमा युनाइटेडले कम्तीमा पनि ३–० गोल अन्तरले जितेमात्र शीर्ष ८ मा स्थान बनाउनेछ ।
ग्रिसको फुटबल क्लब ओलम्पिकासले ३८औं मिनेटमा डोमिन्गेजको गोलबाट खेलमा अग्रता हासिल गर्‍यो । म्यानचेस्टर युनाइटेडलाई कडा टक्कर दिएको ओलम्पिकासले खेलको ५४औं मिनेटमा अग्रता दोब्बर बनाएपछि युनाइटेड स्तब्ध बन्यो ।
खेलमा सीमित मौका सिर्जना गरेको म्यानचेस्टरले आकर्षक मौकाहरू सिर्जना गर्न असफल रह्यो । युनाइटेडले पहिलो हाफमा विपक्षीको पोस्टमा एक मात्र राम्रो प्रहार गरेको थियो । खेलको अन्तिम मिनेटमा रोबिन भान पर्सीले खेलमा गरेको एक मात्र प्रहार पनि सफल नभएपछि घरेलु टोली विजयी भयो ।
बोरुसिया डर्टमुन्ड मंगलबार राति नै भएको खेलमा जेनिटलाई ४–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल नजिक पुगेको छ ।
जेनिटको घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डले चौथो मिनेटमा मिटायनको गोलबाट अग्रता लियो । त्यसको केही समय नबित्दै रेसले गोल गरेपछि पाहुना टोली २–० को अग्रता लिन सफल भयो ।
खेलको ५७औं मिनेटमा जेनिटका लागि साडोभले गोल गर्दै डर्टमुन्डको अग्रता २–१ मा झारे । तर, ६१औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरेपछि डर्टमुन्ड खेलमा ३–१ को अवस्थामा पुगेको थियो ।
६९औं मिनेटमा जेनिटले पेनाल्टी पायो र हल्कले पेनाल्टीमा गोल गर्दै खेललाई २–३ मा पुर्‍याए । खेलको ७१औं मिनेटमा लेभान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बुरोसिया डर्टमुन्ड ४–२ ले विजयी हुँदै अन्तिम ८ का लागि बलियो दाबेदारी प्रस्तुत गर्‍यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले