सन् २०१४ पछि अफगानिस्तानमा अमेरिकी सेना नरहने

१५ फाल्गुन २०७०, बिहीबार ०६:४७ मा प्रकाशित

एजेन्सी


वासिंगटन, १५ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सन् २०१४ पछि अफगानिस्तानबाट सम्पूर्ण अमेरिकी सेना फर्किने सम्भावना बढेको बताएका छन् ।
अफगान राष्ट्रपति हमिद कारजायी र अमेरिकी राष्ट्रपति बाराक ओमाबाबीच मंगलबार भएको टेलिफोन वार्तामा ओबामाले सो कुरा बताएका हुन् ।
सन् २०१४ पछि पनि अफगानिस्तानमा बस्ने अमेरिकी सेनालाई कानुनी अस्तित्व दिने मस्यौदा भएको द्विपक्षीय सुरक्षा सम्झौतामा अफगानी राष्ट्रपति हमिद कारजायीले हस्ताक्षर गर्न इन्कार गरेका थिए । सो सुरक्षा सम्झौतामा गत वर्षको अन्त्यसम्म हस्ताक्षर गर्नका लागि अमेरिकाले कारजायीलाई आग्रह गरेको थियो ।
सम्झौतामा हस्ताक्षर नभएपछि अमेरिकाले आफ्नो सम्पूर्ण सेना फिर्ता लग्ने बताउँदै आएको थियो । सोहीअनुरूप ओबामाले सन् २०१४ पछि अफगानिस्तानमा अमेरिकी सेना नरहने जानकारी दिएको बताइएको छ । आतंकवादविरुद्ध लडाइँलाई निरन्तरता दिने अफगानी सैन्य बललाई तालिमलगायत र हातहतियारसमेत सहयोग गर्ने मस्यौदा उल्लेख भएको द्विपक्षीय सुरक्षा सम्झौतामा राष्ट्रपति कारजायीले हस्ताक्षर गरेका छैनन् ।
‘मैले पेन्टागनलाई अफगानिस्तानमा सन् २०१४ पछि कुनै पनि अमेरिकी सेना नरहने सुनिश्चित गर्न भनिसकेको छु,’ ओबामाले भने । अमेरिकी रक्षामन्त्री चक हेगेलले पनि मंगलबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा सन् २०१४ पछि कुनै पनि अमेरिकी सेना नरहने कार्य सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा