बधाईसँगै माग राखेपछि मन्त्री नै जिल्लिन्

१५ फाल्गुन २०७०, बिहीबार ०६:१९ मा प्रकाशित

काठमाडौं, १५ फागुन । ‘सर्वप्रथम तपाईं शिक्षामन्त्रीजस्तो गरिमामय पदमा बहाली हुनुभएकोमा हाम्रो संगठनको तर्फबाट बधाई छ,’ बुधबार पदभार ग्रहण गरेको केही समयपछि शिक्षामन्त्री चित्रलेखा यादवलाई अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसीले भने । मन्त्रीको कार्यकक्षमै पुगेर शिक्षक संगठनका अध्यक्षले बधाई दिएकोमा मुसुक्क हाँस्दै मन्त्री यादवले धन्यवाद भनिन् ।

मन्त्रीलाई बधाई दिएलगत्तै अध्यक्ष बीसीले शिक्षकका दर्जनौं माग अगाडि सारेको राजधानी दैनिकले लेखेको छ । पदभार ग्रहण गरेकै दिन शिक्षकका दर्जनौं माग टेबुलमा तेर्सिएपछि मन्त्री यादव अचम्ममा परिन् । त्यसपछि मलिनो स्वरमा उनले भनिन्, ‘तपाईंको मागका विषयमा म अध्ययन गर्छु, कसरी समधान गर्न सकिन्छ मन्त्रालयका सचिवसँग छलफल गरेर कार्यान्वयन गरांला ।’
मन्त्री भएर शपथ ग्रहण गरेको दोस्रो दिन सिधै संविधानसभाबाट मन्त्रालयको कार्यकक्षमा प्रवेश गरेकी मन्त्री यादव निकै थकित मुद्रामा थिइन् । उनलाई मोबाइलमा र भेटेर बधाई दिनेको संख्या धेरै थियो । मन्त्रालयमा बधाई दिन शिक्षाका विभिन्न निकायका उच्च अधिकारी, विद्यार्थी संगठनका प्रमुख, निजी शैक्षिक संस्थाका सञ्चालक मात्र होइनन्, पार्टीका कार्यकर्तासमेत पुगेका थिए । भेट्न गएका सबै बधाई मात्र दिएर फर्किए तर शिक्षकको पेसागत संस्थाका प्रमुखले भने लिखित माग नै अगाडि सारेपछि मन्त्री यादव जिल्ल परेकी हुन् । यादव पहिलो पटक मन्त्री बनेकी हुन् ।
बधाई दिन गएका सबैले शिक्षामा राम्रो काम गर्न मन्त्री यादवलाई आग्रह गरे । तर, शिक्षकका पेसागत संस्थाबाट गएका शिक्षकहरूको छाता संस्थाका प्रतिनिधि नेपाल शिक्षक संगठन र नेपाल शिक्षक युनियनका नेताहरूले भने बधाईसँगै मागलाई तत्काल समधान गर्न घुमाउरो पारामा चेतावनीसमेत दिए । ‘शिक्षकसँग विगतमा भएका सहमति शिक्षा मन्त्रालयले कार्यान्वयन नगरेका कारण हामीले तपाईंलाई लिखित रूपमा जानकारी गराएका हां,’ आफ्ना माग राख्दै अध्यक्ष बीसीले भने, ‘सामुदायिक तथा निजी विद्यालयका शिक्षक, कर्मचारीका पेसागत र शैक्षिक मागहरू पूरा हुने अपेक्षा तपाईंको कार्यकालमा गरेका छौं ।’
अन्तरिम संविधानमा सबैले समान, वैज्ञानिक, व्यावहारिक, निःशुल्क शिक्षा प्राप्त गर्न पाउने व्यवस्था उल्लेख गरिएको छ । सामुदायिक विद्यालयमा अस्थायी, निजी स्रोत, महिला परियोजना, बालविकास, राहत, पीसीएफ र करारजस्ता भिन्न–भिन्न प्रकारका शिक्षक कार्यरत रहँदै आएका छन् । ‘शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्न विभिन्न समयमा आन्दोलन भएका छन् । आन्दोलनका क्रममा शिक्षा मन्त्रालय र सरोकारवालाका बीचमा दर्जनौं पटक सम्झौता भए । तर, सम्झौता कार्यान्वयन नहँुदा आन्दोलन पनि भएका इतिहास छन्, त्यसैले हामीलाई आन्दोलन गर्न बाध्य नपार्नुहोला’ भन्ने चेतावनी अध्यक्ष बीसीले मन्त्री यादवलाई दिए । त्यसपछि मन्त्री यादवले भनिन्, ‘नियमअनुसार तपाईंहरूको हितमा काम गर्नेछु, यसमा तपाईंहरूको सहयोगको आवश्यकता पर्छ ।’
ार्यरत शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा नियमावलीमा उल्लेख भएबमोजिम नियुक्ति पत्र दिई सरकारी शिक्षकसरह सेवा सुविधा प्रदान गर्नुपर्ने, हाल निजी विद्यालय सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिले बनाएको विनियमावली खारेज गरी शिक्षा मन्त्रालयबाटै सरोकारवालाको सहभागितामा देशैभर एउटै प्रकारको विनियमावली बनाउनुपर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरूको अभिलेख जिल्ला शिक्षा कार्यालयमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्ने, राहत अनुदानका शिक्षकहरूलाई समेत अन्य शिक्षकसरह दुर्गम भत्ता, स्थानीय भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने मागलाई अगाडि सारेका छन् ।
त्यस्तै, शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएका राहत अनुदान शिक्षकलाई अस्थायी शिक्षकसरह अनुभवको अंक उपलब्ध गराउनुपर्ने, २०५२ सालपछि तथा त्यसभन्दाअघि राजनीतिक आस्थाका कारण पेसाबाट विस्थापित गरिएका एवं राजीनामा दिन बाध्य पारिएका शिक्षक÷कर्मचारीहरूलाई अविलम्ब पुनर्वहाली गर्नुपर्ने, शैक्षिक सत्र २०७१ को सुरुआतमै सबै विद्यार्थीलाई गुणस्तरीय पाठ्यपुस्तक समयमै उपलब्ध हुनुपर्नेलगायतका दर्जनौं मागसमेत अगाडि सारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र