सुशील दा’को कुण्डली कस्तो छ? :: रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

१५ फाल्गुन २०७०, बिहीबार ०१:०७ मा प्रकाशित

लग्न ४/२१/५३/३७ नवमांश कुण्डली:
माथि प्रस्तुत गरिएको कुण्डली नेपाली काङ्ग्रेसका सभापति एवम् नेपालका ३७औँ प्रधानमन्त्री सुशील कोइरालाको हो। वि.सं १९९५ साउन २९ गते बिहान विराटनगरमा जन्मनुभएका कोइरालाको कुम्भ राशि तथा शतभिषा नक्षत्रको अन्तिम पाउ सुबाट नाम रहन गएको छ। इष्टकाल ४।५६ रहेको सो समयमा नेपाली क्षितिजमा कर्क होरा, तुला नवमांश, मिथुन त्रिशांश, मेष द्रेष्काण, मकर सप्तमांश, मेष द्वादशांश, मीन दशमांश र कर्कट षेडशांश, मीन षष्ट्यंशको उदय भइरहेको थियो। तत्कालीन समयानुसार सूर्य कर्कको २६।४०, चन्द्रमा कुम्भ राशिको १७।५४, मंगल कर्क राशिको २०।३५, बुध सिंह राशिको १९।१३, गुरु कुम्भ राशिको ५।२०, शुक्र कन्या राशिको १०।४४, शनि मीन राशिको २४।५४ तथा राहु तुला राशिको २९।२२ डिग्रीमा रहेका छन्। जन्मकालमा गुरु र शनि वक्री रहे पनि गुरुको राशिमा बसेको शनि र चन्द्रमासित वृहस्पति बसेकाले राजयोग निर्माण भएको छ। शनि र शुक्र, चंवृको बुधसित सम्बन्ध हुनुको अर्थ पितालाई बसाइँसराइ गराएको हो भन्न सकिन्छ। सूर्य मंगल बाह्रौं भएकाले दाजुभाइबाट त्यति टाढा हुन मिल्दैन भने दाजुभाइबाट उति सहयोग पनि प्राप्त हुँदैन। शनि, शुक्रको सम्बन्धले पारिवारिक तथा भौतिक मोहमा कमी ल्याउँछ। अक्सर शनि वक्री हुने मानिसहरू सामाजिक दृष्टिले पपुलर हुन्छन्। गौतम बुद्ध, महाकवि देवकोटा तथा राजा वीरेन्द्रका शनि मंगल वक्री छन्।
विंशोत्तरीय दशा वर्षअनुसार २०१५ देखि २०३४ तक शनि महादशा भएकाले कठिनाइ दिएको देखिन्छ भने २०५१ सम्म बुध महादशा भएकाले मान, सम्मान दिएको हो भन्न सकिन्छ। २०५८ सम्म केतु महादशा भएकाले आधा राम्रो र आधा नराम्रो फल प्रदान गरेको हो। ०७८ सालसम्म शुक्र महादशा राशि वा लग्नका हिसाबले अर्धकारक भएकाले उच्चपद दिएको देखिन्छ। जनमकालमा वक्री शनिसित परस्पर सम्बन्ध भएकाले मन्त्रिमण्डल विस्तार हुन कठिनाइ उत्पन्न भएको हो। तैपनि अन्तिममा सबै समस्या आपैँ्क टरेर जानेछन्। मुखमा शनि बसेकाले सम्भवतः आपैँ्कले चुनावको घोषणा गर्नुपर्ने बाध्यता पनि आउन सक्नेछ। गत माघ २८ गते उहाँले प्रधानमन्त्री पदको शपथ लिनुहुँदा पनि चन्द्र गुरु सम्बन्धले गजकेशरी योग बनाइरहेको थियो। यस योगले उहाँलाई अझ शक्तिशाली बनाउने देखिन्छ। तैपनि फागुनको तुलनामा माघ महिना सूर्य बाह्रौँ भएकाले राज्यपक्षका काम कारबाहीमा कमजोरी प्रदर्शन नहोला भन्न सकिन्न। यदि फागुनमा शपथ लिनुभएको भए मन्त्रिमण्डल विस्तार हुनमा विलम्ब हुने थिएन। तैपनि मिथन (प्रचण्ड) वा मीन (झलनाथ) राशिका मान्छेबाट ढिलै भए पनि सहयोग प्राप्त हुनेछ। आगामी कात्तिक १५ पछि केन्द्रमा शनि जाने भएकाले नेतृत्वमा बढी सजिलो होला। कात्तिक १५ अगावै पद छोड्नुपर्ने बाध्यता नआए चुनावसमेत आपैँ्कले गराउनुपर्ने प्रबल सम्भावना छ। जे भए पनि उहाँको कार्यकाल देशलाई मिश्रित फल प्राप्त हुनेछ। आन्तरिकभन्दा बाह्यपक्ष बढी प्रभावकारी बन्नेछ। दक्षिणी देशभन्दा उत्तरी देशबाट सहयोग आउला। पश्चिमी देशसितको सम्बन्ध अझ मजबुत बन्नेछ। उहाँको कार्यकालमा हवाई, यातायात, सञ्चारका क्षेत्रमा बढी प्रगति हुनेछ।
अन्तमा सुझबुझका साथ काम गर्ने हो भने उहाँको कार्यकाल राजनीतिमा आवश्यक सुधार हुनसक्ने प्रशस्त आधार तय हुनेछन्। आर्थिक पक्ष आशातीत सबल नभए पनि सामाजिक सद्भाव मजबुत हुने देखिन्छ। उहाँ काम गर्नसक्नेभन्दा लोकप्रिय प्रधानमन्त्रीका रूपमा परिचित बन्नुहुनेछ। अन्तमा उहाँको कार्यकाल सफल होस् भन्ने कामनासमेत गर्दछु। एवमस्तु।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से