झुक्दै नझुक्ने, गल्दै नगल्ने कोइराला आखिर किन गले, किन झुके ?

१५ फाल्गुन २०७०, बिहीबार ०१:०१ मा प्रकाशित

काठमाडौं, १५ फागुन । अडान भएका नेताको रूपमा स्थापित काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला गृह मन्त्रालयलाई लिएर एमालेसँग उत्पन्न तनाव र विवादको सन्दर्भमा आफ्नो पहिचानविपरीत ‘गल्नु’ भयो। करिब दुई सातादेखि सरकारको ‘छवि जोगाउन’ गृह मन्त्रालय वामदेव गौतमलाई कुनै हालतमा पनि नदिन दृढ रहँदै आउनुभएका कोइराला आखिर तिनै वामदेवलाई ‘गृह’ दिन एकाएक कसरी राजी हुनुभयो, सर्वत्र जिज्ञाशा र चिन्ताको विषय बनेको छ। संविधान निर्माणप्रतिको चिन्ताले उत्पे्ररित गरेर सुशील कोइराला वामदेवलाई गृह सुम्पन तयार हुनुभएको हो या आफ्नो नेतृत्वको सरकार रक्षाले पिरोलिएर उहाँ त्यस्तो निर्णयमा पुग्नुभएको हो, त्यसबारे यस फेला परेको रोचक तथ्यसहितको विवरण यहाँ प्रस्तुत छ।
जीवनमा लाभको कुनै पद नलिएका सुशील कोइराला जीवनको उत्तरार्द्धमा प्रधानमन्त्रीको जिम्मेवारी लिएर देशको इतिहासमा आफ्नो नाम र कीर्ति स्थापित गर्न चाहनुहुन्थ्यो र विगत तीन वर्षदेखि नै उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको थियो। डेढ वर्षअघि तात्कालिक प्रधानमन्त्री बाबुराम भट्टराईलाई विस्थापित गरेर प्रधानमन्त्री बन्न गरिएको प्रयासमा कोइराला असफल भएपछि उहाँका निम्ति निर्वाचनका माध्यमबाट प्रधानमन्त्री बन्नुको विकल्प भएन। मङ्सिर ४ गते (२०७०) सम्पन्न निर्वाचनमा काङ्गे्रस सबभन्दा ठूलो दलको रूपमा स्थापित भएपछि उहाँ प्रधानमन्त्री बन्ने सम्भावना त बढ्यो, तथापि कोइराला प्रधानमन्त्री बन्ने सुनिश्चितता थिएन। विभिन्न शक्तिकेन्द्रहरू शेरबहादुर देउवालाई काङ्गे्रस संसदीय दलको नेता बनाउँदै प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याउन सक्रिय भएका थिए। संसदीय दलको नेताका लागि सम्पन्न निर्वाचनमा कोइराला विजयी बनेपछि संसद्मा उहाँलाई बहुमत पुग्न नदिने खेल पनि भित्रभित्रै सुरु भएको थियो। नेकपा–एमालेले राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने अडान प्रस्तुत गर्दै काँग्रेससँग कठोर तहको ‘बार्गेनिङ’ सुरु गरेपछि कोइराला प्रधानमन्त्री चयन हुने सम्भावना न्यून हुँदै गएको थियो। एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमालेबाट सहयोग नभए सरकार गठनमा काङ्गे्रसलाई सघाउने सार्वजनिक घोषणा गर्नुभएकोले मात्र एमाले झस्कियो र अन्तिम अवस्थामा आएर सुशील कोइरालालाई प्रधानमन्त्रीमा मतदान गर्ने निर्णयसहित सातबुँदे सम्झौतामा दस्तखत गर्न राजी भयो। राष्ट्रपतिका विषयमा त्यसअघि राख्दै आएको अडान छोडेर कोइरालालाई मतदान गर्न एमाले बाध्य भए पनि गृह मन्त्रालय विवादको अर्को विषय बन्यो। वामदेव गौतमलाई गृहमन्त्री नबनाए सरकारमा सहभागी नहुने अडान लिँदै एमालेले राष्ट्रपति परिवर्तनको मुद्दालाई संसद्मा चर्को ढङ्गले उठाउने आन्तरिक गृहकार्य गरिरहेको थियो। उता सातबुँदे सम्झौतालाई पालन गर्ने भन्दै काङ्गे्रसले सभाध्यक्षमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गरेको थियो। सातबुँदे सम्झौताअनुसार राष्ट्रपति डा. रामवरण यादवलाई नयाँ संविधान जारी नहुन्जेलसम्मका लागि निरन्तरता दिन संसद्बाट अनुमोदन हुनुपर्नेछ। काङ्गे्रसले उक्त प्रस्ताव ल्याए संसद्मा असफल तुल्याइदिने र सुशील कोइरालालाई हरतरहले असहयोग गर्ने निर्णयमा पुगेको एमालेले राष्ट्रपति पदमा डा. रामवरण यादवलाई निरन्तरता दिन अस्वीकार गर्ने स्थिति रहेकोले काङ्गे्रस उक्त प्रस्ताव संसद्मा प्रस्तुत गर्नेबारेमा अन्योलग्रस्त बनेको थियो। मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री कोइरालाले आफ्नै पार्टीका नेता शेरबहादुर देउवासँग गरेको वार्तालाप पनि सकारात्मक र प्रिय हुन नसकेपछि प्रधानमन्त्री दुःखी र निराश बन्नुभएको थियो। गत शुक्रबार र शनिबार (फागुन ९ र १०) देउवासँग भएका वार्तालाप सुखद नरहेको महसुस गरिरहेकै बेला प्रधानमन्त्री कोइराला आइतबार (११ गते) अचानक परिवर्तन हुनुभयो र एमालेलाई गृह मन्त्रालय दिएर भए पनि मन्त्रिमण्डललाई पूर्णता दिन तयार हुनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार