कोइराला नेतृत्वको सरकारलाई एनआरएनको शुभकामना

१५ फाल्गुन २०७०, बिहीबार ००:५४ मा प्रकाशित

काठमाडौं, १५ फागुन । गैह्र आबासिय नेपाली संघले सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई तथा सुभकामना व्यक्त गरेको छ ।
गैह्र आबासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय समितीका तर्फबाट संघका महासचिब कुमार पन्तले बुधबार एक बिज्ञप्ति जारी गर्दै संबिधान सभाको दोस्रो निर्वाचन पछीको लामो समय सम्मको अन्यौललाई चिर्दै स्वच्छ छविका रुपमा चिनिएका कांग्रेस सभापति सुशील कोइराला व्यवस्थापिका संसदबाट प्रधानमन्त्री निर्वाचित हुनु भएकोमा बधाई तथा सुभकामना व्यक्त गरेको हो।
बक्तव्यमा भनिएको छ, ‘नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले मन्त्री परिषदको बिस्तार गरेर आफ्नो मन्त्रिपरिषद्लाई समेत पूर्णता दिनु भएको छ। सम्पूर्ण गैह्र आवाशीय नेपालीहरुको तर्फबाट प्रधानमन्त्री कोइराला, उपप्रधान तथा गृह मन्त्री बामदेव गौतम, उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह लगायत बर्तमान मन्त्रीपरिषदमा चयन हुनु भएका सबै मन्त्रीज्युहरु र राज्यमन्त्रीज्युहरुलाई समेत संघ हार्दिक बधाइ दिन ज्ञापन गर्दछ । साथै उहांहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्न चाहन्छौ।’
संबिधान सभामा निर्वाचित विभिन्न राजनीतिक दलहरुका बीच सहमती जुटाउन र मुलुकमा शुशासन कायम गरी बिकास निर्माणका कामहरु अघी बढाउनमा अहिले बनेको यो संयुक्त सरकारलाई पूर्ण सफलता मिलोस भन्ने हार्दिक शुभकामना पनि संघले ब्यक्त गरेको छ ।
बक्तव्यमा अगाडी भनिएको छ, ‘कोइराला सरकारले गैह्र आवाशीय नेपालीहरुको मुख्य माग नेपाली नागरिकताको निरन्तरतालाई नयाँ संबिधानमा सम्बोधन गर्नेछ ।’
संघ मुलुकमा आर्थिक र बौद्धिक लागानी भित्र्याइ मुलुकको आर्थिक सामाजिक सम्रिद्धीको लागि सरकार सँग हातेमालो गर्दै अघी बढ्नको लागि सदैब तत्पर रहेको समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी