बलात्कार गर्नेलाई हत्याको प्रयास

१४ फाल्गुन २०७०, बुधबार १६:३२ मा प्रकाशित

महोत्तरी, १४ फागुन । एक युवतिलाई बलात्कार गरेको आरोपमा महोत्तरीको अनकार–५ का ४० वर्षीय ललन महतोलाई स्थानीय दुईजनाले छुरा प्रहार गरी हत्याको प्रयास गरेका छन् ।
बलात्कारी महतोलाई रुपनारायण मण्डल र रामप्रसाद मण्डलले छुरा प्रहार गरी हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताए ।
मण्डलद्वयले बलात्कारी महतोको कोखा र कम्मरमा छुरा प्रहार गरी गंभिर घाईते बनाएपछि उनलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर भर्ना गरिएको छ ।
छुरा प्रहार गर्ने रुपनारायण मण्डललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रामप्रसाद मण्डल फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मंगलबार राति अनकार–५, बेलाको खेतमा ललन महतोले एक युवतलाई बलात्कार गरेको देखे पछि स्थानीय रुपनारायण मण्डल र रामप्रसाद मण्डलले उनलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए ।
मंलबार सांझ खेतबाट घाास बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार