खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही : यादव

१४ फाल्गुन २०७०, बुधबार १५:५८ मा प्रकाशित

सप्तरी, १४ फागुन । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरिने बताएका छन् । उनले बिवरण नबुझाउने उम्मेदवारलाई स्थानीय निकाय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाउन सक्ने व्यवस्था गर्न लागेको बताए ।
राजविराजमा आज (बुधबार) आयोजित कार्यक्रममा आयुक्त यादवले निर्वाचन सम्पन्न भएको चार महिनाभन्दा बढी भइसक्दा पनि खर्च विवरण नआएको बताए । उनले मुलुकभरिका ५३ प्रतिशत उम्मेदवारले अझै खर्च विवरण नबुझाएकाले आयोग अब कडाइका साथ प्रस्तुत हुने बताए ।
आयोगले स्थानीय निकायको निर्वाचनका लागि आन्तरिक तयारी थालिसकेको आयुक्त यादवले बताए । ‘आयोगले निर्वाचन ऐन कानूनको अध्ययन गर्नाका साथै स्थानीय निकायको निर्वाचनमा अपनाइने रणनीतिका बारेमा आन्तरिक छलफल र गृहकार्य गरिरहेको छ,’ उनले भने ।
उनले जेठ मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गराउन सकिने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार