सरकार र संविधानसभा कठपुतली : माओवादी

१४ फाल्गुन २०७०, बुधबार १४:३७ मा प्रकाशित

काठमाडौं, १४ फागुन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको १९ औं स्मृति दिवसका आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा सरकार र संविधानसभालाई कठपुतलीको टिप्पणी गरेका हुन् ।
‘सरकार र संविधानसभा कठपुतली भएकाले जनताको पक्षमा संविधान बन्दैन,’ उनले भने, ‘सुगौली सन्धी पछिका पराधिन सरकार र सदन जस्तै अहिले पनि प्रतिगामी र यथास्थितिवादी हुन् ।’
उनले आत्मसमपर्णवादीहरुको हावी सरकार र संविधानसभामा भएकाले जनताको पक्षमा काम गर्न नसक्ने बताए । सरकार विस्तार पाएको दोस्रो दिन नेकपा–माओवादीले विपक्षमा कडा टिप्पणी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार