केटा माग्न आउँदा ढोका थुनेर रोएँ – शान्ति गिरी, नवनायिका

११ बैशाख २०६९, सोमबार १८:३९ मा प्रकाशित

नवनायिका शान्ति गिरीको जति ‘सेल्फ कन्पि्कडेन्स’ सायदै अरु कुनै नेपाली नायिकासँग होला। एसएलसी पास गर्नेबित्तिकै जापान गएर पढाइ र व्यापारसँगसगै अगाडि बढाएकी हुनाले पनि उनको कन्पि्कडेन्स लेभल हाई भएको हुन सक्छ। नेपाल नारीहरू परनिर्भर भएकोले नै उनीहरू आफ्नो इच्छा, आकांक्षालाई लात मार्न विवश हुन्छन् भन्ने यथार्थ गिरीले राम्राेसँग बुझेकीमात्र छैनन्, यसको तीतो अनुभव पनि सँगालेकी छिन्। त्यसैले उनी आफू स्वावलम्बी भएपछि कलाकारिता सुरु गरेको बताउँछिन्। उनले ‘नाइट क्विन’ र ‘नबोले नी हाँसिराखन्’ गरी दुई चलचित्र खेलिसकेकी छिन्। जुन छिट्टै प्रदर्शनमा आउँदैछ।
तपाईं विदेशमा पढेर आएकी शिक्षित युवती, यहाँ अरु पनि काम गर्न सक्नुहुन्थ्यो। फिल्म लाइनमै लाग्नुको खास कारण?
– मलाई बच्चादेखि नै डान्स तथा एक्टिङमा औधि रुचि थियो तर एसएलसी पास गर्नेबित्तिकै विदेश गएँ। त्यसैले कलाकारिता गर्ने अवसर नै पाइन्। तर उता जापानबाट फर्किएपछि फ्रि टाइममा सिक्न थाले। त्यही क्रममा फिल्ममा अभिनय गर्ने अवसर पाएँ।
तर हिरोइन हुने उमेर गयो जस्तो लाग्दैन?
– मेरो त्यति धेरै उमेर गइसकेको छैन। मलाई लाग्छ, टु बी एक्ट्रेस दिइर इज नो प्रब्लम फर एज। तपाईंलाई थाहै होला, यस वर्ष ६२ वर्षीया नायिकाले ‘बेस्ट हिराइन अफ द अवार्ड’ जित्नुभएको थियो। विडम्बना नेपालमा चाहिँ नायिका हुन पुक्क गाला भएको तथा तरुनी हुनैपर्छ भन्ने सोच रहेछ। तर म त्यसमा ‘एग्रिड’ छैन्। ट्यालेन्ट भएपछि उमेरले केही फरक पर्दैन्।
तर तपाईंको यो कुरा निर्माता/निर्देशकले बुझ्नु पनि पर्योर नि?
– हैन, कतिपय निर्माता/निर्देशकहरू कलाकारको उमेरभन्दा क्षमता हुनुहुँदोरहेछ। त्यसैले मलाई उहाँहरूले नायिकाको रूपमा लिनुभयो। फलस्वरूप नाइट क्युन र नबोले नि हाँसी राखन्मा मैले आफ्नो क्षमता देखाउने अवसर पाएँ।
अन्य नायिकासँग नभएको त्यस्तो विशेष गुण के छ र उमेर ढल्किए पनि निर्देशकहरू तपाईंलाई आफ्नो चलचित्रमा लिइरहेका छन्?
–सेल्फ बिलिभ। सायद यही कुरा देखेर नै उहाँहरूले मलाई विश्वास गर्नुभएको हो जस्तो लाग्छ। साथै म सेन्सेटेटिभ छु र प्राेफेसनल पनि छु।
अहिले कलिउडमा सेक्स फिल्मको लहर चलिरहेको छ। यहीबीचमा तपार्इ्रको पहिलो फिल्म ‘नाइट क्युन’ले एडल्ट सर्टिफिकेट पाएको छ। यसको मतलब तपाई निकै हट भूमिकामा देखिनुभएको छ?
–सबैले यसै सोच्छन्। तर म यो चलचित्रमा निकै शालिन तथा सरल भूमिकामा देखिएकी छु।
भोलिका दिनमा सेक्सी रोलको अफर आयो भने…?
– मलाई नेपालमा सेक्स सब्जेक्टमा बनेका फिल्मको आवश्यकता भइसकेको छ जस्तो लाग्दैन। फिल्मले सोसाइटीको रिफ्लेक्ट गर्ने भएकोले पनि म त्यस्तो रोल रिजेक्ट गर्छु।
मैले सोचेको थिएँ, उमेरमै संसारका धेरै देश घुमिसक्नु भएकोले तपाईं सेक्सको मामलामा निकै उदार हुनुहुन्छ तर फिल्म पनि सेक्स सब्जेक्टमा बन्नु हुँदैन भनिरहनुभएको छ?
– हो, मैले धेरै देश घुमेकी छु। तर यसको मतलब यो होइन कि म सेक्समा उदार हुनुपर्छ। म निकै आध्यात्मिक मान्छे हु। आई विलिभ इन गड। सेक्स नै सबथोक होइन्।
अब केही रमाइलो कुरा गरौं, पहिलो प्रेम प्रस्ताव आउँदा कति वर्षकी हुनुहुन्थ्यो?
– आठ कक्षामा पढ्नेबेला मभन्दा चार वर्ष सिनियर केटाले लभलेटर दिएको थियो तर त्यसमा भएको केही चित्रहरू मैले बुझि्नँ। त्यसैले त्यो लेटर म्याथ टिचरलाई देखाएँ। अनि पो थाहा पाएँ, त्यो हार्टको चित्र रहेछ। यद्यपि त्यो प्रपोजलाई अस्वीकार गरे। त्यो लेभलेटर दिने मान्छे अहिले लन्डनमा निकै स्ट्यान्डर्डसँग बसिरहनुभएको छ।
भनेपछि अहिले पश्चाताप
होला नि?
–नो, नो। म आफ्नो डिसिजनमा कहिल्यै पनि पश्चाताप गर्दिनँ।
कति वर्ष हुनुभयो?
–सरी। योबाहेक अरु जुनै प्रश्न पनि सोध्न सक्नुहुन्छ।
समवन स्पेसल त हुनुहोला नि?
–तपाई पत्याउनु हुन्नहोला, मेरो आजससम्म विशेष मान्छे कोही छैन। टिनएजबाटै बिजनेस थालियो, त्यसैले सबै ध्यान करियरमा मात्र गयो। लभको अनुभव गर्ने मौका नै मिलेन। यदि कुनै दिन लभ पर्योल भने फर्स्टमा तपाईंलाई भनुँला।
किन कसैलाई माया गर्नेबित्तिकै करिएर ध्यस्त हुन्छ र?
–अरुलाई त्यस्तो नहोला तर मलाई चाहिँ पक्का हुन्छ किनभने म निकै एकोहोरो छु।
लभ नपरे पनि विवाह गर्ने उमेर त भयो होला नि?
–खै, मलाई त त्यस्तो लाग्दैन। त्यसैले तत्काल विवाह गर्ने कुनै प्लान बनाएको छैन। प्रकृतिले जता लान्छ, त्यतै जाने हो।
परिवारबाट विवाहको दबाब आएको छैन?
–किन नआउनु नि? केही वर्षपहिले केटा माग्न आउँदा ढोका थुनेर रोएको थिएँ। आजकलचाहिँ त्यति बिघ्न समस्या छैन।
सेक्स के हो जस्तो लाग्छ?
–जब एकले अर्कालाई साँचो माया गर्छ, तब सेक्स हुन्छ। त्यसपछि प्रेम झन् गहिरो हुन्छजस्तो लाग्छ।
तपाईलाई विवाह अगाडिको सेक्स कतिको उचित हुन्छजस्तो छ?
–हेर्नुस्, मैले संसारका धेरै धर्मशास्त्रहरू पढेको छु। तर कुनै धर्मले पनि विवाह अगाडिको सेक्सलाई मान्यता दिएको छैन। त्यसैले मलाई पनि उचित होजस्तो लाग्दैन।
( प्रस्तुती: गोकर्ण गौतम )

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित