संविधानसभा उपाध्यक्षमा घर्ती निर्वाचित

१४ फाल्गुन २०७०, बुधबार १४:२६ मा प्रकाशित

काठमाडौं, १४ फागुन । संविधानसभाका उपाध्यक्षमा एमाओवादीकी सभासद ओनसरी घर्ती बहुमतले निर्वाचित भएकी छन् ।
संविधानसभाको आज (बुधबार) बसेको आठौं बैठकबाट घर्ती निर्वाचित भएकी हुन् । मतदानमा घर्तीका पक्षमा ४ सय ८४ र विपक्षमा पांच मत परेको थियो ।
मतदानमा कुल ४ सय ८९ सभासदले भाग लिएका थिए । सो पदमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरको पनि उम्मेदवारी परेको थियो । मतदानमा घर्ती विजय भए पछि अर्काे प्रस्तावमा मतदान भएन ।
सभासद घर्तीका पक्षमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, तराई–मधेस लोकतान्त्रिक पार्टीलगायत अधिकांश दलले मतदान गरेका थिए ।
संविधानसभा अध्यक्षमा फागुन ६ गते एमालेका सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएका थिए । अन्तरिम संविधानअनुसार संविधानसभाका अध्यक्ष र उपाध्यक्ष क्रमश: व्यवस्थापिका–संसदको पनि पदेन सभामुख र उपसभामुख हुने व्यवस्था छ ।
अघिल्लो संविधानसभाका उपाध्यक्षमा एमाओवादीका पूर्णकुमारी सुवेदी उपाध्यक्ष थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन